तरुण खबर
३० पुष २०८२, बुधबार ११:३४
बुधबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १,५०० रुपैयाँले बढेर २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ। हिजो सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि आज नयाँ उच्च स्तरमा पुगेको छ। चाँदी प्रतितोला ३१५ रुपैयाँले बढेर ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीले लगातार चौथो दिन नयाँ रेकर्ड बनाएको छ। मंगलबार मात्र चाँदीको मूल्य प्रतितोला ५,३४० रुपैयाँमा खरिद–बिक्री भएको थियो।


