कीर्तिमानपछि सुनचाँदीमा सन्तुलन

कीर्तिमानपछि सुनचाँदीमा सन्तुलन तरुण खबर १ माघ २०८२, बिहीबार १२:१६
कीर्तिमानपछि सुनचाँदीमा सन्तुलन

नेपाली बजारमा लगातार बढ्दै नयाँ रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य बिहीबार घटेको छ। अघिल्लो दिन प्रतितोला १ हजार ५ सय रुपैयाँले उकालो लागेको सुनको मूल्य आज सोही दरले घट्दै बजारमा केही सन्तुलन देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। हिजो भने छापावाल सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च मूल्य मानिएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १ सय ७० रुपैयाँले घट्दै ५ हजार ४ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।