गरिमा विकास बैंकले नयाँ लोगो र छाप सार्वजनिक गर्‍यो

गरिमा विकास बैंकले नयाँ लोगो र छाप सार्वजनिक गर्‍यो तरुण खबर २ माघ २०८२, शुक्रबार ११:४८
गरिमा विकास बैंकले नयाँ लोगो र छाप सार्वजनिक गर्‍यो

गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत पहिचानलाई समयसापेक्ष सशक्त बनाउने उद्देश्यले आधिकारिक लोगो र छाप परिवर्तन गरेको छ। यो परिवर्तन माघ १ गते विहिबारदेखि लागू भएको हो।

बैंकको दीर्घकालिन रणनीति अनुसार २०८२ कार्तिक २७ गते सम्पन्न उन्नाइसौं वार्षिक साधारणसभामा लोगो तथा छाप परिवर्तन गर्ने विशेष प्रस्ताव पारित भएको थियो। त्यसपछि आवश्यक कानुनी प्रक्रियाहरू पूरा गर्दै नयाँ लोगो र छाप कार्यान्वयनमा ल्याइएको हो।

नयाँ लोगोले बैंकको आधुनिकता, सरल पहिचान र विश्वसनिय बैंकिङ् सेवाप्रतिको प्रतिबद्धता झल्काउने विश्वास बैंकले व्यक्त गरेको छ।

यस अवसरमा गरिमा विकास बैंकले आफ्ना ग्राहक र सरोकारवालाप्रति निरन्तर विश्वास र सहयोगका लागि धन्यवाद व्यक्त गर्दै, आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।