बजार अनुशासनमा कडाइ, एक फर्मलाई जरिवाना

बजार अनुशासनमा कडाइ, एक फर्मलाई जरिवाना तरुण खबर ७ माघ २०८२, बुधबार ११:३२
बजार अनुशासनमा कडाइ, एक फर्मलाई जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुशासन कायम गर्ने उद्देश्यसहित गरेको अनुमगनका क्रममा कैफियत भेटिएपछि एक फर्मलाई जरिवाना गरेको छ । विभागले भक्तपुरको सूर्यविनायक–२, बालकोटमा रहेको खिलुङ्गा कालिका मार्केटिङ प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको हो ।

विभागका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार सो फर्मलाई कारबाही गरिएको हो । अनुमगनका क्रममा ऐन विपरीतका गतिविधि देखिएपछि जरिवानासहित आवश्यक निर्देशन दिइएको विभागले जनाएको छ ।

उक्त अनुमगन अभियानअन्तर्गत विभागले थप १२ वटा फर्मको समेत स्थलगत निरीक्षण गरेको थियो । विभिन्न फर्ममा गरिएको अनुमगन तथा निरीक्षणपछि विभागले सुधारात्मक निर्देशन जारी गरेको जनाएको छ ।

विभागले बजारलाई पारदर्शी र उपभोक्तामैत्री बनाउन नियमित रूपमा अनुमगन तथा निरीक्षण गर्दै आएको स्पष्ट पारेको छ । स्थानीय प्रशासन र उपभोक्ता अधिकारकर्मीको सहभागितामा गरिएको अनुमगनमार्फत कानुन कार्यान्वयनलाई अझ प्रभावकारी बनाइँदै आएको विभागको भनाइ छ ।