एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र प्रिमियम बैंकिङ्ग अनुभव प्रदान गर्न दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको छ । बैंकले बदलिँदो जीवनशैली र ग्राहक आवश्यकता अनुसार ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड उपलब्ध गराएको हो ।
नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटमा छुटको साथै विमानस्थलमा लाउन्ज सुविधा पाउनेछन् (सर्तहरू लागू हुने) । विशेषगरी यात्रा धेरै गर्ने र बैंकिङ्ग सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड उपयोगी हुने बैंकले जनाएको छ ।
यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा पनि विशेष सहुलियत पाउने सुविधा रहेको छ । डिजिटल बैंकिङ्गमा अग्रणी रहेको एनएमबि बैंकले आफ्ना ग्राहकलाई आधुनिक र प्रिमियम अनुभव प्रदान गर्ने उद्देश्यले यी सुविधाहरू ल्याएको जनाएको छ ।
नयाँ कार्डहरूको सेवा वा थप जानकारीका लागि ग्राहकहरूले नजिकैको एनएमबि बैंक शाखा वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन् ।
एनएमबि बैंक हाल देशभर २०२ शाखा, १८४ एटिएम र ९ एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा दिँदै आएको छ । नयाँ कार्ड सुविधाले बैंकिङ्ग अनुभव अझ सहज, डिजिटल र विशिष्ट बनाउने अपेक्षा गरिएको छ ।




