इनड्राइभले चालक सुरक्षामा जोड

इनड्राइभले चालक सुरक्षामा जोड तरुण खबर ८ माघ २०८२, बिहीबार १०:५८
इनड्राइभले चालक सुरक्षामा जोड

विश्वव्यापी मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियानअन्तर्गत आफ्ना ड्राइभर पार्टनर्सका लागि विशेष सुरक्षा तालिम सफलतापूर्वक सम्पन्न गरेको छ। यस पहलमार्फत इनड्राइभले चालक सशक्तिकरण, सडक सुरक्षा प्रवद्र्धन र समुदायको समग्र कल्याणप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ।

उक्त तालिम सत्र ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमको पालना, जिम्मेवार ड्राइभिङ तथा पेशागत आचरणसम्बन्धी आवश्यक र व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो। तालिमले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

इनड्राइभले नियमित र गुणस्तरीय सुरक्षा तालिमलाई प्राथमिकता दिँदै आफ्ना ड्राइभरहरूलाई आर्थिक अवसरसँगै आत्मविश्वासी, सचेत र वास्तविक सडक चुनौती सामना गर्न सक्षम बनाउने लक्ष्य लिएको जनाएको छ।

‘स्वतन्त्र छनोट’ मोडेलमा विशेष जोड

यस पहलको एक प्रमुख विशेषता इनड्राइभको विशिष्ट ‘स्वतन्त्र छनोट’ मोडेल हो। यस मोडेलले ड्राइभरहरूलाई प्लेटफर्मभित्र काम गर्दा यात्रासम्बन्धी निर्णय स्वतन्त्र रूपमा लिन सक्ने अधिकार प्रदान गर्दछ।

सुरक्षा शिक्षालाई स्वायत्ततासँग जोड्दै, इनड्राइभले सेवाको गुणस्तर र सुरक्षामा कुनै सम्झौता नगरी चालकहरूलाई आफ्ना यात्रामा नियन्त्रण कायम राख्न सक्ने दिगो र न्यायपूर्ण मोबिलिटी प्रणाली प्रवद्र्धन गरिरहेको छ।

ट्राफिक प्रहरीको सहजीकरण

सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी सत्रहरू नेपाल ट्राफिक प्रहरीका प्रतिनिधिहरूले सहजीकरण गरेका थिए। उनीहरूले सुरक्षित सडक सुनिश्चित गर्न प्लेटफर्म, चालक र सम्बन्धित निकायहरूबीच सहकार्य तथा साझा जिम्मेवारीको महत्वमा जोड दिएका थिए।

इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले चालक सशक्तिकरण इनड्राइभका लागि केवल प्रविधि वा आम्दानीको अवसरमा सीमित नरहेको बताइन्। उनले भनिन्, “यो जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। यस्ता सुरक्षा तालिमहरूले चालकहरूलाई यात्रु तथा आफ्नो सुरक्षाप्रति सचेत रहँदै, सूचित र जिम्मेवार निर्णय लिन सक्षम बनाउँछ।”

उनका अनुसार यस्ता पहलमार्फत इनड्राइभले चालकहरूलाई अझ आत्मविश्वासी, सचेत र पेशागत बनाउँदै लैजाने लक्ष्य लिएको छ, जसको सकारात्मक प्रभाव समग्र यात्रु अनुभवमा पनि देखिन्छ। “इनड्राइभमा हामी सुरक्षा, पारस्परिक सम्मान, विश्वास र विश्वस्तरीय सेवा मापदण्डलाई केन्द्रमा राख्दै समुदाय निर्माणमा प्रतिबद्ध छौं,” उनले भनिन्।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको निरन्तर समर्पण, जिम्मेवारीबोध र व्यावसायिकतालाई उच्च सम्मान गर्दै आएको छ। यात्रुहरूलाई दैनिक रूपमा सुरक्षित, सहज र भरपर्दो यात्रा अनुभव प्रदान गर्न ड्राइभर पार्टनर्सले खेलेको भूमिकाको कम्पनीले खुलेर प्रशंसा गरेको छ।

ड्राइभर पार्टनर्सलाई सेवाको मेरुदण्ड मान्दै, उनीहरूको सुरक्षा, सीप विकास र सशक्तीकरणलाई सधैं प्राथमिकतामा राख्ने प्रतिबद्धता इनड्राइभले व्यक्त गरेको छ।

यस पहलमार्फत इनड्राइभले नेपालमा समावेशी, सहयोगी र सशक्त राइड–हेलिङ समुदाय निर्माण गर्ने आफ्नो दृष्टिकोणलाई पुनः पुष्टि गरेको छ, जहाँ सुरक्षा, शिक्षा र छनोटको स्वतन्त्रता एक–अर्कासँग समन्वयमा अघि बढ्छन्। “इनड्राइभसँग सुरक्षित यात्रा तपाईंको रोजाइमा” अभियानले चालक सशक्तिकरणसँगै सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।