तरुण खबर
८ माघ २०८२, बिहीबार ११:०६
सुपर खुदी हाइड्रोपावरको आंशिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिन आज माघ ८ गते अन्तिम दिन हो। कम्पनीले पुस २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि शेयर निष्काशन र बिक्री खुला गरेको थियो।
कम्पनीले आवेदन दिने अवधि माघ २१ गतेसम्म थप गर्ने घोषणा गरेको थियो, तर मागभन्दा बढी आवेदन परेकाले कम्पनीले सोभन्दा अगावै निष्काशन बन्द गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई १५ लाख ५० हजार कित्ता साधारण शेयर प्रतिशेयर १०० रुपैयाँ दरमा उपलब्ध गराइएको छ।
स्थानिय बासिन्दाका लागि बाँडफाँट यस प्रकार हुने छ:
४०% (६ लाख २० हजार कित्ता) मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का बासिन्दामा।
६०% (९ लाख ३० हजार कित्ता) मर्स्याङ्दी गाउँपालिका वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दामा।
आईपीओमा आवेदनका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।


