तरुण खबर
११ माघ २०८२, आईतवार ११:२८
आज सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३ हजार ८०० रुपैयाँमा कारोबार भएको छ। यो मूल्यमा आज प्रतितोला २४ सय रुपैयाँको वृद्धि आएको हो।
गत शुक्रबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। यसरी आजको मूल्य वृद्धिले सुन बजारमा निरन्तर उत्साह कायम भएको देखिन्छ।
सुनसँगै चाँदीको मूल्य पनि नयाँ उच्चस्तरमा पुगेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला २९० रुपैयाँ बढेर ६ हजार ४८० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा कारोबार भएको थियो।


