वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा कार्टस इन्टरप्राइजेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले अनुगमनका क्रममा पाइएको कैफियतका आधारमा सो फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरेको हो।
यसअन्र्तगत विभागले काठमाडौंका विभिन्न १७ वटा फर्ममा निरीक्षण गरेको थियो। अनुगमनमा कार्टस इन्टरप्राइजेजमा कैफियत भेटिएकाले जरिवाना लगाइएको भने अन्य १६ वटालाई सुधारात्मक निर्देशन दिइएको छ।
विभागले लगातार बजार अनुगमन र सुधारात्मक अभियान सञ्चालन गर्दै आएको छ। यस क्रममा स्थानीय प्रशासन, सरोकारवाला निकाय र उपभोक्ता अधिकारकर्मीको सहयोग लिइरहने गरेको विभागले जनाएको छ।
अनुगमन र नियमित कारबाहीको यो कदमले उपभोक्ता संरक्षण र व्यवसायिक पारदर्शितामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।




