बीमा प्राधिकरणको नेतृत्वमा नयाँ ऊर्जा

बीमा प्राधिकरणको नेतृत्वमा नयाँ ऊर्जा तरुण खबर १३ माघ २०८२, मंगलवार १०:५०
बीमा प्राधिकरणको नेतृत्वमा नयाँ ऊर्जा

नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी चन्द्रकला पौडेललाई प्रदान गरिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै अर्को व्यवस्था नभएसम्मका लागि पौडेललाई नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदमा कामकाज गर्नेगरी तोकिएको बताए।

चन्द्रकला पौडेल यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव पदमा कार्यरत थिइन्। प्रशासनिक अनुभव र नीतिगत कार्यसम्पादनमा दक्ष मानिने पौडेलको नेतृत्वमा बीमा क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका कार्यहरू थप सुदृढ हुने अपेक्षा गरिएको छ।

नयाँ जिम्मेवारीसँगै नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रको स्थायित्व, पारदर्शिता र विश्वसनीयता बढाउने दिशामा थप सक्रिय भूमिका खेल्ने विश्वास गरिएको छ।