तरुण खबर
१३ माघ २०८२, मंगलवार १०:५२
ट्रायम्फ मोटरसाइकल नेपालले अटो सिटीसँगको सहकार्यमा बहुप्रतीक्षित ट्रायम्फ मोटरसाइकल एक्सचेन्ज क्याम्प सुरु गरेको छ। यो क्याम्प धरान–१५, दशरथपथ स्थित बिग फुट फुटसलमा माघ १२ देखि माघ १७, २०८२ (जनवरी २६–३१, २०२६) सम्म सञ्चालन हुनेछ।
छ दिनसम्म चल्ने क्याम्पमा सबै ब्रान्डका मोटरसाइकल तथा स्कुटरधनीहरूलाई आफ्ना पुराना दुईपाङ्ग्रे सवारी सजिलै एक्सचेन्ज गरी प्रिमियम ट्रायम्फ मोटरसाइकलमा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गरिनेछ। उक्त क्याम्प नेपालमा ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि द्वारा आयोजना गरिएको हो।
एक्सचेन्ज क्याम्पका प्रमुख विशेषताहरू यसप्रकार छन्:
स्पट एक्सचेन्ज अफर: जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर सजिलै एक्सचेन्ज गर्न सकिने।
उत्तम मूल्याङ्कन ग्यारेन्टी: प्रयोग भइसकेका सवारीसाधनको प्रतिस्पर्धी बजार मूल्य सुनिश्चित।
सहज फाइनान्स सुविधा: न्यून डाउन पेमेन्ट र लचिलो ईएमआई विकल्प।
टेस्ट राइड अनुभव: खरिद गर्नु अघि ट्रायम्फ मोटरसाइकलको प्रदर्शन प्रत्यक्ष अनुभव गर्ने अवसर।
थप मूल्याङ्कन लाभ: एक्सचेन्जमा रु १५,००० सम्मको अतिरिक्त मूल्याङ्कन।
प्रिमियम हेल्मेट अफर: प्रत्येक ट्रायम्फ मोटरसाइकल खरिदमा आकर्षक हेल्मेट उपहार।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले अहिलेसम्मको प्रतिक्रिया अत्यन्तै उत्साहजनक रहेको बताए। उनले प्रिमियम मोटरसाइक्लिङलाई सजिलो र पहुँचयोग्य बनाउन पाउँदा र ग्राहकहरूलाई सहयोग गर्न पाउँदा उत्साहित भएको बताए।
नेपालभर आफ्नो उपस्थितिलाई विस्तार गर्दै गएको ट्रायम्फले आगामी दिनहरूमा अझ धेरै ग्राहक–केन्द्रित कार्यक्रमहरू ल्याउने अपेक्षा गरेको छ।
यो क्याम्प मोटरसाइकलप्रेमीहरूका लागि आफ्नो पुरानो सवारी सजिलै अपग्रेड गर्ने र ट्रायम्फको विश्वस्तरीय अनुभव प्रत्यक्ष प्राप्त गर्ने सुनौलो अवसर सावित भएको छ।


