तरुण खबर
१८ माघ २०८२, आईतवार ११:११
काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिन उल्लेख्य गिरावट आएको छ । पछिल्लो दुई दिनको गिरावटले गहना खरिद गर्न चाहने उपभोक्ताका लागि केही राहत मिलेको छ ।
गत शुक्रबार एकैदिन प्रतितोला २० हजार ५०० रुपैयाँले घटेको सुनको मूल्य आज सोमबार पनि थप १८ हजार ८०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी चाँदीको मूल्यमा पनि पछिल्लो दुई दिनयता भारी गिरावट देखिएको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ५६५ रुपैयाँले घटेर ५ हजार ५०० रुपैयाँमा झरेको छ । शुक्रबार चाँदी प्रतितोला ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।


