सुनचाँदीमा चमक फर्कियो, भाउमा उछाल

सुनचाँदीमा चमक फर्कियो, भाउमा उछाल तरुण खबर २५ माघ २०८२, आईतवार ११:५८
सुनचाँदीमा चमक फर्कियो, भाउमा उछाल

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९ हजार ५०० रुपैयाँले वृद्धि हुँदै ३ लाख ५०० रुपैयाँमा कारोबार भएको हो।

यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा किनबेच भइरहेको थियो। एकैदिन भएको यो वृद्धिले पछिल्लो समय घटबढ भइरहेका सुनका मूल्यमा पुनः चमक फर्किएको संकेत गरेको छ।

महासंघका अनुसार चाँदीको मूल्यमा पनि आज वृद्धि देखिएको छ। शुक्रबार प्रतितोला ४ हजार ७१० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०० रुपैयाँले बढेर ५ हजार १० रुपैयाँ पुगेको छ।