सुपर माई हाइड्रोपावरको साधारण सभा, बोनस र हकप्रद शेयर प्रस्तावमाथि छलफल

सुपर माई हाइड्रोपावरको साधारण सभा, बोनस र हकप्रद शेयर प्रस्तावमाथि छलफल तरुण खबर २५ माघ २०८२, आईतवार १२:०९
सुपर माई हाइड्रोपावरको साधारण सभा, बोनस र हकप्रद शेयर प्रस्तावमाथि छलफल

काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनीले आफ्नो ११औँ वार्षिक साधारण सभा फागुन १७ गते लिसरा रिसेप्सनमा विहान ११ बजेबाट गर्ने घोषणा गरेको छ। कम्पनीले संचालक समितिले सिफारिस गरेको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ।

त्यसैगरी, कम्पनीले १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभामा पारित गर्ने योजना बनाएको छ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ। साथै, लेखापरीक्षण प्रतिवेदन, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि सभाले विचार गरी पारित गर्ने व्यवस्था छ।

कम्पनीले फागुन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। नेपाल स्टक एक्सचेन्जमा कायम शेयरधनीहरूले मात्र फागुन १२ गतेसम्म कम्पनीले प्रस्ताव गरेको बोनस र हकप्रद शेयरको आवेदन दिन पाउनेछन्।