तरुण खबर
५ चैत्र २०७७, बिहीबार १७:०९
अमेरिकामा १७, मार्चमा करिब १४ लाख ६५ हजारको परीक्षण, ६१ हजार संक्रमितक
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१७, मार्च) मा १४ लाख ६५ हजार ९२० जनाको नमुना परीक्षण गर्दा ६१ हजार ४१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । १६, मार्चमा ८ लाख ७९ हजार ५३९ जनाको नमुना परीक्षण गर्दा ५३ हजार २५१ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।
त्यस्तै, पछिल्लो २४ घण्टा (१७, मार्च) मा १२ सय ८ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । १६, मार्चमा एक हजार १३४ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । अमेरिकामा नेपाली समय अनुसार चैत ५ गते बिहीबार बिहान ७.०० बजेसम्ममा ३ करोड २ लाख ९३ हजार ४५ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये बिहीबार बिहान ७.०० बजेसम्ममा २ करोड २४ लाख ४५ हजार ८४९ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत ५ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ लाख ९६ हजार ६२१ जना छन् ।
नेपाली समय अनुसार चैत ५ गते बिहीबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ३८ करोड ३९ लाख ७२ हजार ९५८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ५ करोड २१ लाख ६० हजार ८०१ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ५ करोड २१ लाख ६० हजार ८०१ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत ५ गते बिहीबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ५० हजार ५७५ जनाको मृत्यु भैसकेको छ ।
चैत ५ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड १८ लाख १ हजार ८७७ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २६ लाख ९१ हजार ७३५ जना छन् ।


