तरुण खबर
८ चैत्र २०७७, आईतवार ००:४७
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (१९, मार्च) मा १६ लाख १२ हजार ६४७ जनाको नमुना परीक्षण गर्दा ६५ हजार ९८१ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । १८, मार्चमा १६ लाख ९७ हजार ४८३ जनाको नमुना परीक्षण गर्दा ६३ हजार ५५५ जना कोरोना संक्रमित थपिएका थिए ।
त्यस्तै, पछिल्लो २४ घण्टा (१९, मार्च) मा १२ सय ६८ जनाको संक्रमणबाट मृत्यु भएको छ । १८, मार्चमा १४ सय १ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । अमेरिकामा नेपाली समय अनुसार चैत ७ गते शनिबार बिहान ७.०० बजेसम्ममा ३ करोड ४ लाख २५ हजार २१५ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् ।
कुल संक्रमितमध्ये शनिबार बिहान ७.०० बजेसम्ममा २ करोड २६ लाख १० हजार ३२५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत ७ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ लाख ६० हजार ७९१ जना छन् ।
नेपाली समय अनुसार चैत ७ गते शनिबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ३८ करोड ७२ लाख ८३ हजार ८८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ५ करोड ५४ लाख ७० हजार ९३१ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ५ करोड ५४ लाख ७० हजार ९३१ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ ।
विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत ७ गते शनिबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ५४ हजार १०४ जनाको मृत्यु भैसकेको छ ।
चैत ७ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड २८ लाख ७० हजार ६२६ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २७ लाख १२ हजार ६३७ जना छन् ।


