दाहालको ओलीप्रति आक्रोश, आफैं चोखिन बोलेका हुन्  ?

दाहालको ओलीप्रति आक्रोश, आफैं चोखिन बोलेका हुन्  ? तरुण खबर १० चैत्र २०७७, मंगलवार ०७:३८
दाहालको ओलीप्रति आक्रोश, आफैं चोखिन बोलेका हुन्  ?

प्रधानमन्त्री ओलीका सल्लाहकारको प्रतिक्रिया

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ’सङ्घीय गणतन्त्र सिध्याउने पात्रको रूपमा विदेशी सहितको धारले प्रधानमन्त्री केपी शर्मा ओली रोजेको’ आरोप लगाएका छन् । पुष्पकमल दाहाल प्रचण्डको आरोप थियो– नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी–विदेशीहरूले प्रधानमन्त्री केपी ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिरहेका छन् ।

दाहालले अगाडी भने, ‘हिजोका गणतन्त्रविरोधी, सामन्तवादका दलालहरू देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू पनि जसले यो संविधानलाई स्वीकार गर्न सकेका छैनन् । विचार गर्नुहोला, ती सबै मिलेर एउटा धार बनेको छ । र, ती सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरूले केपी ओलीलाई भेटेका छन् । केपी ओली नै रहेछ यो संविधान सिध्याउन सक्ने, गणतन्त्र पनि सिध्याउन सक्ने भन्ने उनीहरुको निश्कर्ष छ । बीसौँ–पच्चीसौँ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालितपोषित पनि को हो भनेर हेर्दै जाँदा केपी ओली नै देखियो दाहाल भनाई थियो ।

माओवादी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दलित मुक्ति मोर्चाद्वारा हिजो आइतबार आयोजित ५६औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस ९२१ मार्च० मा पुष्पकमल दाहाल प्रचण्डले बोलेका हुन् । त्यसको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाकारहरु अघि सरेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रचण्डमाथि ’अराजनीतिक, दुष्टतापूर्ण, गलत र तथ्यहीन कुरा गर्ने’ गरेको आरोप लगाएका छन् । थापाले भने, “विदेशीको काखमा, विदेशीको पोल्टामा कसरी लुटुपुटु गर्न जाने भन्ने त उहाँ १० वर्षमध्ये साढे नौ वर्ष कहाँ बस्नु भयो भन्ने खोजे पुगिहाल्छ । माओवादी सशस्त्र विद्रोहको १० वर्षको अवधितर्फ उनको सङ्केत थियो । हुन पनि आपूm सुरक्षित बसेर १७ हजार नेपालीको हत्या गरेको प्रचण्डमाथि ओरोप लाग्दै आएको छ ।

पुष्पकमल दाहाल प्रचण्डले भने– भारतले नेपालको संविधान जारी हुँदा नोटमा लिएको भन्दै त्यसमा संशोधनको अपेक्षा गरेको आशय व्यक्त गरेको थियो । पुष्पकमल दाहाल प्रचण्डले भने– २०–२५ वर्षदेखि विदेशीले हुर्काएको, पालितपोषित को हो भनेर हेर्दै जाँदा सबैले केपी ९ओली० नै देखियो, केपीजीलाई उनीहरुले साथ लिएका छन्, कति दिन लिन्छन् थाहा छैन, अहिले लिएकै छन् । हिजो माओवादी विद्रोह गरेकाहरू अर्को धारको प्रतिनिधि भएको प्रचण्डको भनाइ थियो ।