तरुण खबर
२३ चैत्र २०७८, बुधबार ०९:३५
काठमाडौं । प्रदर्शन मिति नजिकिँदै गर्दा चलचित्र ‘मैले आइ लभ यु भन्नै सकिनँ’को ट्रेलर रिलिज गरिएको छ । यो चलचित्र यही शुक्रबार २५ चैत्रमा देशब्यापी प्रदर्शन हुने यसको निर्माण पक्षले जनाएको छ ।
‘मैले आइ लभ यु भन्नै सकिनँ’ केही समयअघि निर्माण सम्पन्न भए तापनि बल्ल दर्शकमाझ ल्याउन लागीएको जानकारी दिदै निर्देशक बाबुले आफूहरुले युवापुस्ताको भावना बुझेर फिल्म निर्माण गरेको बताए ।
बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशनमा बनेको फिल्मको सोमबार चलचित्र बिकास बोर्डमा प्रेसमिट गरि ट्रेलरका साथै ‘मुस्ताङको बजार’ शिर्षकको गीत पनि सार्वजनिक गरियो । जसमा राजेश पायल राई र मेलिना राईको स्वर, दीपक रमणको शब्द,संगीत रहेको छ ।
यो चलचित्रमा बुद्धि तामाङ,राजाराम पौडेल,जयनन्द लामा,सुरवीर पण्डित,अञ्जली अधिकारीका साथमा सुजन नेपाली,सुवास नेपाली,अनिषा सुनार,सुनील भुसाल, सुरज कार्की,लक्ष्मी भट्ट,दावा लामा,कविता पुरी,निरुता तामाङ,शितल खड्का,श्रुति मगर,सरस्वती तामाङ,इच्छा तामाङ,अर्जिता थापालगायतका कलाकारले अभिनय गरेका छन् ।
शंकर कार्कीको कथा र कार्यकारी निर्माण रहेको फिल्मको निर्मातामा प्रेम श्रेष्ठ, सहनिर्मातामा भक्तबहादुर नेपाली र मेशरबहादुर नेपाली छन् । तारा शंकर फिल्मस्को ब्यानरमा निर्मित फिल्ममा कबिराज गहतराजको कोरियोग्राफी रहेको छ ।
वीर मास्टरको द्धन्द्ध निर्देशन रहेको फिल्म आशिष जिम्बा र सुशील डाँगीले खिचेका हुन् । जसमा तारा थापा ‘किम्भे’ को सम्पादन छ ।


