तरुण खबर
१० चैत्र २०७७, मंगलवार १६:५८
काठमाडौं । खानेपानी मन्त्री मणिचन्द्र थापाले विश्वमा २ अर्ब २० करोड जनसंख्या सुरक्षीत खानेपानीको पहुँचबाट बञ्चित भएको बताएका छन् । त्यस्तै, ४ अर्ब २० करोड मानिस आधारभुत सरसफाइबाट वञ्चित छन् । खानेपानी तथा सरसफाइसम्बन्धी कठिनाइहरूलाई जलवायु परिवर्तन तथा कोभिड–१९ को प्रभावले थप विकराल बनाएको छ, जसको प्रभाव गरीव तथा जोखिमयुक्त मुलुकहरूमा बढी रहेको मन्त्री थापाले बताएका हुन् । उक्त कुरा मन्त्री थापाले सन् २०३० एजेण्डाको खानेपानीसम्बन्धी लक्ष्यहरूको कार्यान्वयनसम्बन्धी उच्चस्तरीय बैठकमा भनेका हुन् ।
नेपालका उच्च हिमालहरु पानीको स्रोतहरुका उच्च शिखरहरू हुन् । पर्यावरणीय प्रणालीका संरक्षक हुन् । यसबाट निस्रित नदीहरू प्रवाहित हुँदा बनेका जल–सञ्जाल र जलीय प्रणालीले दक्षिण एशियामा बस्ने १ अरब ५० करोड मानिसलाई जोडेको छ । हाम्रा अग्ला हिमालको क्षयीकरण तथा पानीको सतहमा आएको गिरावटले हामीलाई चिन्तित तुल्याएको छ । यी हिमालहरुको जैविक विविधता तथा समुन्द्र सतहमा भएको वृद्धिसँग जैविक सम्बन्ध छ । यो रोकिनै पर्छ । हामी यस समस्याको तत्काल सम्बोधन गर्न विश्वव्यापी सक्रियताका लागि आह्वान गर्दछौं ।
नेपालले स्वच्छ खानेपानी तथा सरसफाईमा पहुँचलाई आधारभुत सेवाको रूपमा प्राथमीकरण गरेको छ । हामीले खानेपानी तथा सरसफाइ सम्बन्धी लक्ष्य तथा सूचकहरूलाई आवधिक योजना, दिगो विकास लक्ष्यको मार्गचित्र तथा वास ( ध्ब्क्ज्) क्षेत्रगत विकास योजना ( २०१६–२०३०) मा एकिकृत गरेका छौं । जुन सबै जनताको सन् २०३० सम्म सुरक्षित, पर्याप्त र सुलभ खानेपानी तथा सरसफाइ सेवाहरूमा पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्यान्वयन भइरहेका छन् ।
नेपालले राष्ट्र संघका पहलहरु जस्तै दिगो विकासका लागि खानेपानी तथा दिगो विकासको छैठौं लक्ष्य तथा ग्वोबल एक्सेलेरेसन फ्रेमवर्कको सह्राना गर्दछ खानेपानी मन्त्रालयले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।


