अमेरिकामा संक्रमणबाट मर्नेको संख्या ५ लाख ५५ हजार ९४४ भन्दा बढी

अमेरिकामा संक्रमणबाट मर्नेको संख्या ५ लाख ५५ हजार ९४४ भन्दा बढी तरुण खबर १० चैत्र २०७७, मंगलवार १७:०४
अमेरिकामा संक्रमणबाट मर्नेको संख्या ५ लाख ५५ हजार ९४४ भन्दा बढी

अमेरिकामा २२, मार्चमा करिब १२ लाख ७७ हजारको परीक्षण,४४ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२२, मार्च) मा १२ लाख ७७ हजार ७६१ जनाको नमुना परीक्षण गर्दा ४४ हजार ८७८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २१, मार्चमा ११ लाख १० हजार ११८ जनाको नमुना परीक्षण गर्दा ४५ हजार ९९३ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । त्यस्तै, पछिल्लो २४ घण्टा (२२, मार्च) मा ६ सय ३५ जनाको संक्रमणबाट मृत्यु भएको छ । २१, मार्चमा ४५६ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

अमेरिकामा नेपाली समय अनुसार चैत १० गते मंगलबार बिहान ७.०० बजेसम्ममा ३ करोड ५ लाख ७६ हजार ८६ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.०० बजेसम्ममा २ करोड २८ लाख ४४ हजार ५९६ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत १० गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७१ लाख ७५ हजार ५४६ जना छन् ।

नेपाली समय अनुसार चैत १० गते मंगलबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले  ३९ करोड १० लाख ६३ हजार ८७५ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ५ करोड ९२ लाख ५१ हजार ७१८ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ५ करोड ९२ लाख ५१ हजार ७१८ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत १० गते मंगलबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ५५ हजार ९४४ जनाको  मृत्यु भैसकेको छ ।

चैत १० गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ४२ लाख ८७ हजार ५०९ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २७ लाख ३४ हजार ९७१ जना छन् ।