पुष्पल र केकी उत्कृष्ट

पुष्पल र केकी उत्कृष्ट तरुण खबर २९ चैत्र २०७८, मंगलवार १०:१७
पुष्पल र केकी उत्कृष्ट

काठमाडौं । कोरोनाका कारण गत वर्ष रोकिएको १२ औं डी.सीने अवाड धुलिखेलमा शनिबार बेलुका सम्पन्न भएको छ ।

३३ विधामा प्रदान गरिएको सो अवार्ड समारोहमा वर्षको उत्कृष्ट फिल्मको अवार्ड चलचित्र मारुनीले जितेको छ । यही फिल्मबाट पुष्प खड्काले अभिनेताको अवार्ड र नवल नेपालले निर्देशकको अवार्ड प्राप्त गरेका छन् ।

यस्तै माया छपक्कैबाट केकी अधिकारीले अभिनेत्री अवार्ड, यही चलचित्रबाट दीपेन्द्र लामाले निर्देशन विधामा जुरी अवार्ड र फिल्मले पपुलर फिल्म अवार्ड हाँसिल गरेको छ । १२ औँ संस्करणको अवार्ड समारोहमा २५ हजार रुपैयाँ सहित छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्ड नेपालकी प्रथम नायिक भुवन चन्दलाई पुरस्कृति गरियो । बिजय लामा र झरना थापाले रजत सम्मान, विष्णुप्रसाद सुवेदीले १२ हजार २ सय २२ रुपैयाँसहित छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरे । संगीतकार राजेन्द्र बजगाई सहित केही कलाकार कार्यक्रममा सम्मानित भए ।

अवार्ड समारोहमा साङलो चलचित्रबाट एलिस कार्कीले पाश्र्व संगीत, अमिता श्रेष्ठले जात्रै जात्राबाट ध्वानी मिश्रण, राजेन्द्र थापाले जुनको जुनेली (छ मायाँ छपक्कै) बाट गीतकार, यही गीतको संगीतबाट बसन्त थापा लोक संगीतकार, अर्जुन पोखरेलले संगीतकारको र कृष्ण काफ्ले तथा इतु जोजीजुले गायक गायिकाको अवार्ड पाए ।

छ माया छपक्कैबाट केदार प्रसाद घिमिरेले हास्य कलाकारको अवार्ड, प्रकाश शाहले साङलोबाट खलपात्रको अवार्ड,लभ डायरिजबाट रुविना थापाले नव नायिका, अंकित शर्माले रातो टिका निधारमाबाट नव नायकको अवार्ड प्राप्त गरे । साङ्लोबाट बिराज भट्ट नव निर्देशक, हजार जुनीसम्मबाट सस्तिमा खड्का सह नायिका र छ मायाँ छपक्कैबाट जितु नेपाल सह नायकको अवार्ड बिजेता बने भने माओत्सो गुरुङ र मिथिला शर्माले चरित्र अभिेनता, चरित्र अभिनेत्रीको अवार्ड पाए ।