तरुण खबर
११ चैत्र २०७७, बुधबार १७:२०
काठमाडौं । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग स्पष्टिकरणको जवाफ दिएर आत्मसमर्पण नगर्ने बताएका छन् । एमालेको नेपाल–खनाल पक्षीय अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेलालाई राजधानीमा हिजो मंगलबार सम्बोधन गर्दै नेता नेपालले उक्त जवाफ फर्काएका हुन् । कार्यक्रममा नेपालले भने– ओली सामू के घुँडा टेक्ने बाटोमा हामी जाने हो र ? हामी आत्मसमर्पणको बाटोमा जादैनौं ।
केपी ओलीको टाङमुनी छिर्दैनौं नेपालले अगाडि भने– यो कुरा हामीलाई किमार्थ मन्जुर छैन । केही दिनअघि एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा महासचिव ईश्वर पोखरेलले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत नेतालाई पार्टी हित विपरित काम गरेको आरोपमा स्पष्टिकरण सोधिएको थियो । माधवकुमार नेपालले अगाडी भने– हामी तर्सिएका छैनौं, आतंकित भएका छैनौँ ।
त्यसको सामना गर्न तयार छौँ ।’ तर पार्टी पूmटाउँदैनौं, बरु एकताबद्ध बनाउँछौं । ओलीको अहिलेको चुरिफुरी प्रधानमन्त्रीको कुर्सीमा बस्दासम्म मात्रै हुने नेपालको भनाइ थियो । अब केपी ओलीले जालझेल गरेर कानुनी हिसाबले कब्जा गरे भने विचार गरौँला, होइन भने नेकपा एमाले हाम्रो हो, हामी नै सक्कली एमाले हौं । केपी ओली बिमाले हुन्, सिमाले हुन्, उनी यो पार्टी छोडेर गए हुन्छ ।’


