तरुण खबर
१५ चैत्र २०७७, आईतवार ०९:४५
काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दिएको समर्थन फिर्ता लिने र अविश्वासको प्रश्ताव एकै पटक दर्ता गरिने बताएका छन् । तर कसलाई प्रधानमन्त्री बनाउने कुरामै पुष्पकमल दाहाल अलमलमा परेका छन् । माओवादीका अध्यक्ष दाहाल र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमै गएर प्रधानमन्त्री बनी दिन आग्रह गरेका थिए । तर हिजो शनिबार जसपाका नेता महन्थ ठाकुरलाई प्रधानमन्त्री बनिदिन अध्यक्ष दाहालले आग्रह गरेको बुझिएको छ ।
अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको हो । योभन्दा बढी केही पनि होइन ।
– पुष्पकमल दाहाल प्रचण्ड
शनिबार नागरिकसभामा पुष्पकमल दाहाल प्रचण्डले पछिको बाटो सुरक्षित होस् भनेर समर्थन फिर्ता लिन र अविश्वास प्रश्ताव दर्ता गर्न ढिलाई गरिएको हो भनेका थिए । दाहालले भने– अविश्वासको प्रस्ताव दर्ता गर्ने र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको हो । योभन्दा बढी केही पनि होइन । संसद् पुनस्र्थापनापछि आवश्यक तयारीका साथ योजनाबद्ध ढंगले अघि बढ्न चुकेको उनले स्वीकार गरे ।
उनले भने, ‘संसद् पुनस्र्थापना भएपछि प्रधानमन्त्रीले स्वतः राजीनामा दिनुपर्ने परिस्थिति बन्छ । राजनीति सहज ढंगले अगाडि बढ्छ । सायद हामीले संसद् पुनस्र्थापना भइसकेपछि थोरै रिल्याक्स ग-यौँ । ठूलो लडाइँ त जितिनै हालियो अब त त्यस्तो धेरै के बाँकी छ र ! त्यहाँ गल्ती भयो उनले भने । प्रधानमन्त्री विरुद्ध अविश्वास प्रश्ताव दर्ता गर्दा नै प्रधानमन्त्री बन्ने व्यक्तिको नाम पेश गर्नु पर्ने प्रावधान संविधानमै उललेख छ ।
मेरो राजनीति र नैतिकतालाई मैले बचाउनुपर्छ । तर नेपाली काँग्रेससँग सत्ता साझेदारी गरिरहेकै अबस्थामा उनले एमालेसँग निर्वाचनमा गठबन्धन गरेका नैतिकवान मनुवा हुन् प्रचण्ड ।
तर अविश्वासको प्रश्ताव दर्ता गर्नुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बन्न नसक्ने स्थिति भएकाले चुनावमा जाने निर्णय गर्ने विश्वस्त स्रोतले बताएको छ । आप्mना लडाकुमार्फत १७ हजार मान्छेको हत्या गराएका पुष्पकमल दाहालले भने– मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई म समर्थन गर्न सक्दिनँ, चाहे राजनीति जतासुकै जाओस् । दाहालले अघि भने, म मेरो राजनीति र मेरो नैतिकतालाई मैले बचाउनुपर्छ ।
तर नेपाली काँग्रेससँग सत्ता साझेदारी गरिरहेकै अबस्थामा उनले एमालेसँग निर्वाचनमा गठबन्धन गरेका नैतिकवान मनुवा हुन् उनी । यसअघि पूर्व प्रधानमन्त्री दाहालले सार्वजनिक रुपमा पाँच हजार मान्छे मारेको जिम्मेवारी लिन्छु भनेका थिए ।


