अमेरिकामा कुल संक्रमितमध्ये ५ लाख ६१ हजारभन्दा बढीको मृत्यु

अमेरिकामा कुल संक्रमितमध्ये ५ लाख ६१ हजारभन्दा बढीको मृत्यु तरुण खबर १५ चैत्र २०७७, आईतवार ०९:४९
अमेरिकामा कुल संक्रमितमध्ये ५ लाख ६१ हजारभन्दा बढीको मृत्यु

अमेरिकामा २७, मार्चमा करिब १३ लाख ३८ हजारको परीक्षण, ५९ हजार संक्रमित

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२७, मार्च) मा १३ लाख ३८ हजार ७२४ जनाको नमुना परीक्षण गर्दा ५९ हजार ९३९ जना संक्रमित थपिएका छन् । २६, मार्चमा १७ लाख ७ हजार ५७० जनाको नमुना परीक्षण गर्दा ७७ हजार ४२७ जना कोरोनाभाइरसका संक्रिमित थपिएका थिए । पछिल्लो २४ घण्टा (२७, मार्च) मा ७६७ जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । २६, मार्चमा १३ सय जनाको संक्रमणबाट मृत्यु भएको थियो ।

अमेरिकामा नेपाली समय अनुसार चैत १५ गते आइतबार बिहान ५.०० बजेसम्ममा ३ करोड ९ लाख १२ हजार ७४९ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् । कुल संक्रमितमध्ये आइतबार बिहान ५.०० बजेसम्ममा २ करोड ३३ लाख ४६ हजार १४५ जनालाई  कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत १५ गते विहान ५.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७० लाख ४ हजार ६३५ जना छन् ।

नेपाली समय अनुसार चैत १५ गते आइतबार बिहान ५.०० बजेसम्ममा अमेरिकाले  ३९ करोड ८२ लाख ३२ हजार ८९० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ६ करोड ६४ लाख २० हजार ७३३ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ६ करोड ६४ लाख २० हजार ७३३ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ । अमेरिकामा कोरोनाको संक्रमणबाट चैत १५ गते आइतबार बिहान ५.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ६१ हजार ९९२ जनाको  मृत्यु भैसकेको छ ।

चैत १५ गते बिहान ५.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ७२ लाख ५४ हजार ४१८ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २७ लाख ८८ हजार ५३४ जना छन् ।