महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न

महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न तरुण खबर १६ चैत्र २०७७, सोमबार ११:२२
महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकको वार्षिक साधारणसभाले गत बर्षको नाफाबाट लाभांश पारित गरेको छ। बैंकले १९औं वार्षिक साधारणसभा भिडियो कन्फरेन्समार्फत गरेको थियो । साधारणसभामा बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीलाई संस्थाको आर्थिक वर्ष २०७७ ७८ को मुनाफाबाट ८ दशमलब ८० प्रतिशतका दरले बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । यसबाहेक ० दशमलब ४६ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) पनि पारित गरेको छ। साधारण सभाबाट मर्जर तथा प्राप्तिको प्रस्तावलाई खुल्ला राख्दै पुँजीगत आधारलाई थप सुदृढ गर्ने उद्देश्यले आवश्यक निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिइएको छ। बैंकको देशभर १०३ वटा शाखा तथा ३४ वटा एटीएम छन् । बैंकका ५ लाख ग्राहक रहेका छन् ।