भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ४२ हजारभन्दा बढी

भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ४२ हजारभन्दा बढी तरुण खबर १७ चैत्र २०७७, मंगलवार ११:३९
भारतमा सक्रिय संक्रमितको संख्या ५ लाख ४२ हजारभन्दा बढी

महाराष्ट्र लकडाउनको विपक्षमा, ठाकरे सरकारको सहयागी दल नै विपक्षमा काठमाडौं । गत फेब्रुअरीदेखि भारतमा कोरोना भाइरसको संक्रमण दोस्रो लहर चलेको हो । कोरोना भाइरसको दोस्रो लहर महाराष्ट्रको नियन्त्र बाहिर जाने अबस्था बनिरहेको छ । महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरे विरुद्ध सत्ताको सहयोगी दल एनसीपीले लकडाउन महाराष्ट्रले धान्न नसक्ने बताएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले समीक्षा बैठकपछि भनेका थिए– केही समयका लागि लकडाउन लगाउनै पर्ने भयो । यसअघि ठाकरेले लकडाउन लगाउँने सहमति पनि दिइसकेका थिए ।यता, भारतमा पछिल्लो २४ घण्टा (२९, मार्च) मा अर्थात चैत १६ गते सोमबार ५६ हजार ११९ कोरोना भाइरसका संक्रमित थपिएका छन् । २८, मार्चमा २० लाख ९४ हजार ६०८ जनाको नमुना परीक्षण गर्दा ६८ हजार २०६ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए ।

पछिल्लो २४ घण्टा (२९, मार्च) मा २६६ जनाको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ । २८ मार्चमा २९५ जनाको संक्रमणबाट निधन भएको थियो । भारतमा चैत १७ गते मंगलबार विहान ७.०० बजेसम्ममा कुल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ३२९ जना छन् । संक्रमितमध्ये १ लाख ६२ हजार १४७ जनाको निधन भएको छ । भारतमा सक्रिय संक्रमितको संख्या नै ५ लाख ४२ हजार ३५३ भन्दा बढी छन् ।