तरुण खबर
१७ चैत्र २०७७, मंगलवार ११:४८
अमेरिकामा २९, मार्चमा करिब १५ लाख ७ हजारको परीक्षण, ५९ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (२९, मार्च) मा १५ लाख ७ हजार ११९ जनाको नमुना परीक्षण गर्दा ५९ हजार ६०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २८, मार्चमा ११ लाख ९ हजार १२८ जनाको नमुना परीक्षण गर्दा ५१ हजार ८७६ जना कोरोनाभाइरसका संक्रमित थपिएका थिए । २४ घण्टा (२९, मार्च) मा ६३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । २८, मार्चमा ५१० जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।अमेरिकामा नेपाली समय अनुसार चैत १७ गते मंगलबार बिहान ७.०० बजेसम्ममा ३ करोड १० लाख ३३ हजार ६९८ जना कोरोना भाइरसका संक्रमित पुगेका छन् ।
कुल संक्रमितमध्ये सोमबार बिहान ७.०० बजेसम्ममा २ करोड ३५ लाख ९ हजार १५ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत १७ गते विहान ७.०० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६९ लाख ६१ हजार ४७७ जना छन् ।नेपाली समय अनुसार चैत १७ गते मंगलबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ४० करोड ८ लाख ४९ हजार १३७ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ ।
अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ६ करोड ९० लाख ३६ हजार ९८० जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ६ करोड ९० लाख ३६ हजार ९८० भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ ।
अमेरिकामा कोरोनाको संक्रमणबाट चैत १७ गते मंगलबार बिहान ७.०० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ६३ हजार २०६ जनाको मृत्यु भैसकेको छ ।चैत १७ गते बिहान ७.०० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १२ करोड ८२ लाख ३० हजार ६२३ छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २८ लाख ३ हजार ९८८ जना छन् ।


