सारेगमपकी रोशा फुयालको गीत सार्वजनिक

सारेगमपकी रोशा फुयालको गीत सार्वजनिक तरुण खबर ९ जेष्ठ २०७९, सोमबार ०९:३३
सारेगमपकी रोशा फुयालको गीत सार्वजनिक

सारेगमप लिटिल च्याम्स नेपालकी उपबिजेता बाल गायिका रोशा फुयालको स्वरमा नयाँ गीतसार्वजनि भएको छ । निकै गहन भावले भरिएको ‘झोला’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । बी. बी. अनुरागीको सङ्गीत रहेको यस गीतमा किरण विश्वकर्माको सङ्गीत संयोजन रहेको छ ।

मेचीनगर, झापा स्थाई बसोबास भएकी प्रतिभाशाली गायिका रोशा फुयालले १० बर्षको उमेरमा रमेश सङ्ग्रौलाको सङ्गीतमा पहिलोपटक गीत रेकर्ड गरेकी थिईन् भने केहीदिन अघि मात्र गीत रेकर्डकै सिलसिला बनाएर झापाबाट काठमाण्डौ आएकी उनले ६ वटा गीत रेकर्ड गरेकी छिन् ।