‘अभिन्न’को ट्रेलर सार्वजनिक

‘अभिन्न’को ट्रेलर सार्वजनिक तरुण खबर १२ जेष्ठ २०७९, बिहीबार १०:१४
‘अभिन्न’को ट्रेलर सार्वजनिक

काठमाडौं । लैनसिंह बाङ्देलको चर्चित उपन्यास ‘लङ्गडाको साथी’ मा आधारित फिल्म ‘अभिन्न’ को टे«लर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलर कार्मको संशक्त अभिनय देख्न सकिन्छ । कार्मसंगै एक कुकुरलाई पनि टे«लरमा प्रस्तुत गरिएको छ ।

लैनसिंह बाङ्देलको ‘लङ्गडाको साथी’ उपन्यासमा दार्जलिङ्ग शहरको बजारमा डुली हिँड्ने एक अपाङ्ग व्यक्तिले भोग्नु परेको कारूणीक कहानी र उसलाई सहयोग गर्ने कुकुरको चरित्र उतारिएको छ ।

फिल्मलाई प्रशान्त रसाइलीले निर्देशन गरेका हुन् । उनले यसअघि ‘आचार्य’, ‘सोल सिस्टर’, ‘कथा’ फिल्मको निर्देशन गरिसकेका छन् । उपन्यासको मर्मलाई फिल्ममा मर्न नदिएको निर्देशक रसाइलीले बताए ।

फिल्मलाई हलमा प्रदर्शन गर्नुभन्दा अगाडि विदेशमा हुने फेस्टिभलमा पठाउने तयारीमा निर्माण टिम छ । रञ्जित गजमेरले संगीत भरेको फिल्मलाई विभाकर सुन्दर शाक्यले निर्माण गरेका हुन् ।