‘वेलकम टु हेम्जाकोट’ को ‘मायाको रेडियो’ सार्वजनिक

‘वेलकम टु हेम्जाकोट’ को ‘मायाको रेडियो’ सार्वजनिक तरुण खबर २६ जेष्ठ २०७९, बिहीबार १०:३९
‘वेलकम टु हेम्जाकोट’ को ‘मायाको रेडियो’ सार्वजनिक

फिल्म ‘वेलकम टु हेम्जाकोट’ को ‘मायाको रेडियो’ बोलको गीत सार्वजनीक गरिएको छ । सरोज पौडेलको लेखन र निर्देशनमा निर्माण भएको फिल्मको आइटम फ्लेभरको गीतमा बिनोद न्यौपाने र अलिशा शर्मा फिचर्ड छन् । कार्तिक २५ गतेलाई प्रदर्शन मिति तय गरिएको गीतको भिडियो बुधबार सार्वजनिक गरिएको हो ।

गीतमा कविराज गहतराजले कोरियोग्राफी, उदेश श्रेष्ठ र इन्दिरा जोशीको स्वर, राज सागरको संगीत र प्रज्वल अधिकारीको शब्द छ । संगीतकार सागरले सबैलाई मनपर्ने खालको गीत तयार गरेको बताए । उनले आफ्नो फिल्म संगीतको यात्रा धेरै लामो नभए तापनि यसप्रकारका गीतले आफूलाई स्थापीत गराउने बिश्वास ब्यक्त गरे । गायक उदेशले ‘लोफर’ पछि आफू यही फिल्मबाट पुनः पाश्र्व गायनमा प्रस्तुत भएको बताए । त्यसैगरी, निर्देशक पौडेलले आफूले निकै मिहीनेत गरेर ‘वेलकम टु हेम्जाकोट’ निर्माण गरेकाले आमदर्शकको मन जित्नेमा ढुक्क रहेको बताए ।

फिल्म निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा फिल्मका प्रमुख अभिनेता बिनोद न्यौपानेले ‘वेलकम टु हेम्जाकोट’ साँच्चै नै रमाइलो बनेको बताउदै दर्शकको माया पाउनेमा आशवादी रहेको सुनाए । ‘फिल्म सुटिङ पूरा गर्न कोरोनालगायत धेरै अबरोधहरु आए’ उनले भने, ‘तर पनि अहिले फिल्म हेर्दा त्यतिबेला गरेको दुःख सबै भुलाई दिन्छ । यो फिल्मले भोलि हलमा पनि दर्शकको दुःखपीडा भुलाएर मनोरञ्जनको संसारमा सयर गराउनेम ढुक्क छु ।’ कार्यक्रममा फिल्मकी प्रमुख अभिनेत्री अम्बिका तामाङ,सुजैरा कार्की,अस्मिता पन्तलगायत बिशाल पहाडी, शारदा गिरीले पनि आफूहरुको अभिनयलाई दर्शकले मन पराउने आशा ब्यक्त गरे ।

तेजप्रसाद दाहालको प्रस्तुति, सुमन खड्का कार्यकारी निर्माता र जितेन्द्र गिरी निर्माता रहेको फिल्ममा बिनोद,अम्बिका, सुजैरा,अस्मिताका साथमा बुद्धि तामाङ,शारदा गिरी,बिशाल पहाडी,रबि गिरी,सन्दिप सिग्देल र स्व. जयनन्द लामाले अभिनय गरेका छन् । प्रवीण राई,रिता परियार, रमेश चापागाँई, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाईँ, आइतराम तामाङ, सशांक खड्का, गोपाल सानु र युवराज कट्वाल सहनिर्माता रहेको फिल्म दीर्घ गुरुङले खिचेका हुन् । आरआर फिल्मस्ले बितरण गर्ने फिल्म क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको छ ।