ताप्लेजुङ पहिरोमा परी २ जनाको मृत्यु, ३० परिवार बिस्थापित

ताप्लेजुङ पहिरोमा परी २ जनाको मृत्यु, ३० परिवार बिस्थापित तरुण खबर ३ असार २०७९, शुक्रबार ११:१२
ताप्लेजुङ पहिरोमा परी २ जनाको मृत्यु, ३० परिवार बिस्थापित

ताप्लेजुङ । हिजो बेलुका सिरिजंगा गाउँपालिका वडा नं ६ खेवाङमा गएको पहिरोमा परि एकैघरका २ जनाको मृत्यु भएको छ । मृत्य हुनेमा सासु तुलसा अधिकारी र बुहारी यशोधा अधिकारी रहेका छन् । छोरा विष्णु अधिकारी भने गम्भिर घाइते छन् ।

रातभर परेको अबिरल वर्षका कारण ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । अहिले पनि सो स्थानमा पहिरो झरिरहेकोले स्थानिय र नेपाल प्रहरीको सहयोगमा मृतकको शव पहिरोबाट सुरक्षित स्थानतर्फ सारिएको वडा अध्यक्ष्य बुद्ध दाहालले जानकारी दिनुभएको छ ।

पहिरोले भैसी, गाई, गोरु र बाख्रा पनि मरेका छन् । वडाभरीनै पहिरो गएकाले घाइतेको उपचारमा लैजान समस्या भएको छ । वर्षा रातभर आएकाले बाटाहरु सबै अवरुद्ध छन् । थप उपचारका लागि तेल्लोकसम्म लैजान समेत गाह्रो भएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।