फिमेल भर्सनमा आयो मेरो बोली सुन्दा

फिमेल भर्सनमा आयो मेरो बोली सुन्दा तरुण खबर ५ असार २०७९, आईतवार ०९:१४
फिमेल भर्सनमा आयो मेरो बोली सुन्दा

काठमाडौं । मुनाल शिशिर कोइरालाको शब्द तथा नरहरि प्रेमीको संगीत रहेको ‘मेरो बोली सुन्दा’ बोलको गीत निकै लोकप्रिय छ । गीतमा रुपक डोटेलले स्वर दिएका छन् । रिलिज भएको करिव एक दशकपछि यस गीतलाई ‘फिमेल भर्सन’मा सार्वजनिक गरिएको छ । जसमा गायिका सुजाता केसीले स्वर दिएकी छन् ।

गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा दिक्पाल कार्की, रोशनी कार्की र इष्टु कार्कीबिचको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गरिएको छ । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् ।

मुनाल शिशिर कोइरालाको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो गायिका केसीको आधिकारिक च्यानल सुजाता केसीमार्फत सार्वजनिक भएको हो । यसअघि गायिका केसीको स्वरमा समावेश ’बतास बनी’, ’जाल बुन्यो माकुराले’, ’कुरा सिधा छ’ लगायत थुप्रै गीतहरु सार्वजनिक भैसकेका छन् । गायिका केसीले फिमेल भर्सनमा सार्वजनिक यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेकी छिन् ।