वेव सिरिज ‘सन्ध्या’ निर्माण घोषणा

वेव सिरिज ‘सन्ध्या’ निर्माण घोषणा तरुण खबर ७ असार २०७९, मंगलवार ०९:१७
वेव सिरिज ‘सन्ध्या’ निर्माण घोषणा

काठमाडौं । रामजी राउतको निर्देशन रहने सिनेमामा निर, शोभित र दयाराम दाहल हिउँवालाका अलवा गीता नेपाल, सरिता भण्डारी, लक्ष्मीनाथ शर्मा, धर्मेन्द्र आचार्य, भिमा मैनाली, सुन्दर लामिछाने, कन्दिप कँडेल, आशा पाण्डे र बाल कलाकार एलेक्स खड्को अभिनय रहनेछ ।

वेब सिरिज सन्ध्यालाई सुदिप कँडेल र कृष्ण कार्कीले मिलेर निर्माण गर्दैछन् । जया ओझाको लेखन र राहुल राईले छायांकन गर्ने सिरिजमा लोकश थापाको मेकअप, प्रकाश थापा प्रोडक्सन डिजाइनर, जयराम चलिसे मुख्य सहायक निर्देशक र नविन निरौलाको सम्पादन रहनेछ ।