सडकले रसुवाको मुहार बदल्दै

सडकले रसुवाको मुहार बदल्दै तरुण खबर २४ चैत्र २०७७, मंगलवार १२:१५
सडकले रसुवाको मुहार बदल्दै

केही समयपछि गोसाइँकुण्डमा गाडी पुग्दै
रसुवा । मध्य युगदेखि नै उपत्यकाबासीहरुले ठूलो श्रद्धा गर्दै आएको तिर्थस्थल गोसाइँकुण्ड (स्थानिय नेवारहरुले शिलु पनि भन्ने गरेका छन्) मा गाडी पुग्ने भएको छ । नेपाली काँग्रेसको तर्फबाट रसुवा जिल्लाबाट निर्वाचित सांसद मोहन आचार्यको पहलमा नुवाकोटको बेत्रावतीदेखि रसुवाको गोसाइँकुण्डसम्म रणनीतिक सडक निर्माण हुने भएको छ । प्रतिनिधीसभा सदस्य आचार्यको पहलमा बेत्रावती–कालिकास्थान–स्याउवारी–लोकिल–वेताङ–आरुखर्क–लाङ्बु–थाङ्दोर–सिमबन्दी हुँदै गोसाइँकुण्ड जाने सडक रणनीतिक सडक आयोजनामा समावेश भएको हो ।

वि.सं.१८०१ मा पृथ्वीनारायण शाहले नुवाकोट विजय गरेपछि  अधिपत्यलाई सुदृढ गर्न गोसाइँकुण्डमा स्नान गरेको इतिहास पढ्न पाइन्छ । २०३२ सालसम्म गोरेटो–घोरेटो बाटो मात्र देखेका जनतालाई अहिले सडक सञ्जालले सबै गाउँपालिका जोडिसकेकाले खुशी लाग्नु स्वभाविक छ । रसुवाको टिम्बुरे त चीनसँगको व्यापारीक नाका नै भयो । नेपालकी चेली भृकुटी बेहीली बनेर यही बाटो चीन गएकी थिइन् । गाडी गुड्ने सडक नभएकाले रसुवामा दुई वटा साना एयरपोर्ट बनाइएको थियो । केञ्जिङ (लाङटाङ उपत्यका) मा र थांग्बुचेमा थिए । पर्यटकहरु चार्टर उडानबाट लाङटाङ उपत्यकामा पुग्थे ।
सांसद मोहन आचार्यको पहलमा गोसाइँकुण्डमा गाडी
सांसद आचार्यले विस २०७६ माघ १३ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई उक्त सडकलाई रणनीतिक सडक निर्माणका लागि पहल गर्न आग्रह गर्दै निवेदन दिएका थिए । सोही पहलपछि यो आयोजना रणनीतिक सडकमा समावेश भएको हो । समृद्ध रसुवा–सुखी रसुवाबासी निर्माणका लागि आफुले योगदान गरिरहने सांसद आचार्यले बताएका छन् ।सांसद आचार्यले विस २०७६ माघ २८ मा भौतिक पूर्वाधार तथा यातायात सचिवलाई पत्र लेख्दै कालिकास्थानको शहिद पार्क निर्माण, सातदोवाटो–ठूलोगाउँ–हाकु–गत्लाङ सडक तथा स्याउबारी–आरुखर्क हुँदै गोसाइकुण्ड सडकका लागि बजेट थप गर्न समेत संम्बन्धित निकायमा पत्राचार गरेका थिए ।

उता, बोगटीटार हुदै नौकुण्ड जाने सडकमा पनि केही समय अघि मात्रै ४ वटा पक्कि पुलको टेन्डर भैसकेको सांसद आचार्यले जानकारी दिएका छन् । ती पुलको निर्माण तोकिएको समयमै निर्माण हुने सांसद आचार्यले जानकारी दिए । उत्तरगया गाउँपालिकाका प्रमुख उपेन्द्र लम्सालले जनप्रतिनिधिको जिम्मेवारी र कर्तव्य पूरा गर्ने सम्बन्धमा मोहन आचार्यको भूमिका महत्वपूर्ण रहेको प्रतिक्रिया दिनु भयो ।रसुवामा पनि विकासमा पछाडी परेको नौकुण्ड गाउँपालिकामा ग्रामिण बस्ति हुँदै गोसाइँकुण्ड जाने मोटर बाटो बन्दा यस क्षेत्रको विकास र रसुवाकै विकासमा ठूलो योगदान पुग्ने स्थानीय जनप्रतिनिधि नौकुण्ड गाउँपालिकाका वडा नम्बर ६ का अध्यक्ष धर्म तामाङले बताए ।

नेपालकी चेली भृकुटी बेहीली बनेर यही बाटो चीन गएकी थिइन् । गाडी गुड्ने सडक नभएकाले रसुवामा दुई वटा साना एयरपोर्ट बनाइएको थियो । केञ्जिङ (लाङटाङ उपत्यका) मा र थांग्बुचेमा थिए । पर्यटकहरु चार्टर उडानबाट लाङटाङ उपत्यकामा पुग्थे ।

यो रणनितिक सडकले यस क्षेत्रको जनजीवन सहज हुनुका साथै पर्यटन प्रबर्धनमा समेत उल्लेखनिय योगदान दिने हुदा यस क्षेत्रको सामाजिक आर्थिक विकासमा समेत यसले सहयोग पुर्याउने स्थानीय वागेल थोक्राले बताए । उक्त सडक निर्माणकालागी ६० करोड रुपैयाँ बजेट विनियोजन समेत भै सकेको भन्दै प्रदेश सभासद प्रेम तामाङले सांसद मोहन आचार्यको निरन्तरको प्रयासबाट यो सम्भब भएको बताए ।