तरुण खबर
२८ चैत्र २०७७, शनिबार ११:५१
काठमाडौं । राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख एवं बीजेपीका वरिष्ठ नेता मोहन भागवतलाई कोरोना भाइरसको संक्रमण भएको छ । नागपुरमा आरएसएसको बैठकमा भागलिन गएको बेला उनलाई संक्रमण भएको हो । डा. मोहन भागवत अहिले नागपुरको एक अस्तालमा भर्ना भएका छन् । उनले ७ मार्चमा कोरोना भाइरस विरुद्धको खोप लगाएका थिए । दोस्रो लगाउने मिति निर्धात थियो ।


