तरुण खबर
२८ चैत्र २०७७, शनिबार ११:५९
अमेरिकामा ९, अप्रिलमा १६ लाख २२ हजारको परीक्षण, ८५ हजार संक्रमित
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (९, अप्रिल) मा १६ लाख २२ हजार १७७ जनाको नमुना परीक्षण गर्दा ८५ हजार ३६८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ८, अप्रिलमा १७ लाख ३६ हजार ३८९ जनाको नमुना परीक्षण गर्दा ८० हजार १६१ कोरोना भाइरसका संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टा (९, अप्रिल) मा कोरोना भाइरसको संक्रमणबाट ९२९ जनाको मृत्यु भएको छ । ८, अप्रिलमा एक हजार ३६ जनाको संक्रमणबाट मृत्यु भएको थियो ।
अमेरिकामा नेपाली समय अनुसार चैत २८ गते शनिबार बिहान ७.३० बजेसम्ममा ३ करोड १८ लाख २ हजार ७७२ जना कोरोना भाइरसका संक्रमित भएका छन् । कुल संक्रमितमध्ये शनिबार बिहान ७.३० बजेसम्ममा २ करोड ४३ लाख ४६ हजार ७६६ जनालाई कोरोना भाइरसको संक्रमण निको भएको छ । नेपाली समय अनुसार चैत २८ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६८ लाख ८१ हजार १६६ जना छन् ।
नेपाली समय अनुसार चैत २८ गते शनिबार बिहान ७.०० बजेसम्ममा अमेरिकाले ४१ करोड ६७ लाख ८९ हजार ३३० जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ८ करोड ४९ लाख ७७ हजार १७३ जना अर्थात अमेरिकाको कुल जनसंख्याभन्दा करिब ८ करोड ४९ लाख ७७ हजार १७३ भन्दा बढीको कोरोना भाइरसको परीक्षण गरिसकेको छ । विश्वमै कुल जनसंख्या भन्दा बढीको कोरोना भाइरसको परीक्षण गर्ने एक मात्र मुलुक अमेरिका भएको छ ।
अमेरिकामा कोरोनाको संक्रमणबाट चैत २८ गते शनिबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ५ लाख ७४ हजार ८४० जनाको मृत्यु भैसकेको छ ।चैत २८ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १३ करोड ५२ लाख ९५ हजार ६२२ जना छ । कोरोना भाइरसका कुल संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २९ लाख २८ हजार ५५९ जना छन् ।


