तरुण खबर
२७ माघ २०७७, मंगलवार १०:१४
हेलम्बु । चीनमा भएको सांस्कृतिक क्रान्तिको झल्को दिन गरी माओवादी जनयुद्धले भएको आम्दानी लिने र सम्पतीमा आगो लगाउने काम देशैभर चलाएका थिए । उदहरणका लागि पाल्चोक भगवतीको मन्दिर र तार्केघ्याङस्थित ल्हुण्डुप देछेन निङ्मा गुम्बा हेरे पुग्छ । पाल्चोक भगवतीको मन्दिरमाथि सात वर्षसम्म कब्जा जमाएर बसेका माओवादीलाई गाउँलेहरुले लखेटेपछि अहिले भर्खर संस्थागत हुने प्रयासमा छ । यो मन्दिरमा हरेक शनिबार बिहान ७ बजेदेखि साँझसम्म भक्तजनको भीड लाग्ने गर्दछ । हजारौले चढाउने भेटी मात्र संकलन गर्ने हो भने दैनिक हजारौ उठ्न सक्छ । तर माओवादीले आप्mनै कार्यकर्तालाई पूजारी बनाएर राखेका थिए भने आम्दानी पनि उनीहरुले नै लैजान्थे ।
कुनै समय ल्हुण्डुप देछेन निङ्मा गुम्बाले ६–७ सय मुरी धान गुठीको जग्गाबाट पाउथ्यो तर अहिले केही मोहीले दिएको ४५ हजार रुपैयाँमै चित्त बुझउन बाध्य छ गुम्बा । अथाह जग्गा जमिन भएको ल्हुण्डुप देछेन निङ्मा गुम्बाको तार्केबेशीमा धान फल्ने खेत ५ सय रोपनीभन्दा बढी थियो, अहिले पनि छ । माओवादी जनयुद्ध सुरु भएपछि मोहीहरुले बाली बुझउन छाडेका हुन् । कतिपयले त आप्mनो नामा लालपूर्जा नै बनाइसकेको सुनिएको एक तार्केघ्याङका एक स्थानियले बताए । तार्केघ्याङमै रहेको चीरी गुम्बाको अबस्था पनि ल्हुण्डुप देछेन निङ्मा गुम्बाको भन्दा फरक छैन ।
पाल्चोक भगवतीको मन्दिरको अबस्था भने अलिक फरक छ । करिब सात वर्ष माओवादीको पूर्ण कब्जामा परेको मन्दिरको सम्पूर्ण नगदलगायत सम्पतिमाथि उनीहरु कब्जा जमाए । सन् १९६६ देखि सुरु भएको सांस्कृतिक क्रान्तिले चीनमा भएका मठ मन्दिर भत्काउने काम ग¥यो, त्यसै गरी माओवादीले नेपालमा भएका अधिकांश मन्दिरहरु र गुम्बाको आम्दानी लिने काम मात्र गरेन, कतिपय ठाउँमा अमूल्य बस्तुहरु लुटेर लगे । कुनै बेला नेकपा मशाल सांस्कृतिक क्रानितको वकालत गथ्र्यो भने नेकपा (माले) सांस्कृतिक क्रान्तिको विरोध गथ्र्यो ।
चीनको सांस्कृतिक क्रान्तिको कुरा एकै छिन सुनौं– सन् १९६७ मा पार्टीका दोस्रो बरियताका नेता तथा चीनका राष्ट्राध्यक्ष ल्यु शाओचीमाथि अन्याय गरियो । माओको इच्छा अनुसार उनका ‘सबभन्दा निकट कमरेड तथा उत्तराधिकारी‘ घोषित उपाध्यक्ष लिन प्याओ, माओकी श्रीमती च्याङ चिङ, चाङ चुङचियो, वाङ होङवेन र याओ वेनयुआनको नेतृत्वमा सञ्चाालित सांस्कृतिक क्रान्तिमा गरिएको ज्यादति शब्दमा वर्णन गर्न सकिदैन । हजारौं हजारलाई सांस्कृतिक क्रान्तिको नाममा हत्या गरियो, मठ मन्दिर र गुम्बाहरु भत्काइयो । अध्यक्ष माओलाई लिन प्याओले मार्न षडयन्त्र गरेको अभियोगमा उनलाई भाग्न बाध्य बनाइयो । तत्कालिन रक्षा मन्त्री लिन प्याओ हेलिकोप्टमार्फत भाग्न खोज्दा मंगोलियाको सीमा क्षेत्रमा उनको मृत्यु भयो ।
सन् १९६६ मा सुरु भएको यो क्रान्तिको नाम थियो– सांस्कृतिक क्रान्ति । सांस्कृतिक क्रान्तिको समयमा चिनियाँ कम्युनिष्ट पार्टीभित्रकै केन्द्रीय तहका नेताहरूलाई नै मुख्य दुश्मन ठानियो । माओले त नारा नै दिएका थिए– हेडक्वार्टरमा बम हिर्काउ । पुँजीवादी गुटका नाइकेको रूपमा ल्यु शाओची र देङ स्याओ पिङलाई लिइन्थ्यो । सांस्कृतिक क्रान्ति कुन उद्देश्य र लक्ष्यका साथ माओले सुरु गरेका थिए ? त्यसको लक्ष्यमा पुग्न नसक्नुको कारण के थियो ? सांस्कृतिक क्रान्ति सफल भयो कि असफल, नेपालका कम्युनिष्टहरुले कहिल्यै समिक्ष गरेको सुनिएन । सांसकृतिक क्रान्तिको ल्यु साओची र देङ स्याओपिङले समर्थन गरेनन् । त्यही समर्थन नगर्दा नै उनीहरूलाई संशोधनवादी र पुँजीवादीको आरोपमा पदबाट बर्खास्त गरियो ।
देङलाई सन् १९६७ जुलाई १६ मा पदबाट बर्खास्त गरिएको थियो तर उनको अनुरोधमा पार्टी सदस्यता भने खारेज भएन । कुनै समय चिनियाँ क्रान्तिका कमान्डर देङको घरमै खानतलासी सुरु गरे सांस्कृतिक समूहका रेड गार्डहरूले । उनको घरको खानतलासी गरेकै दिनबाट उनी र श्रीमतीलाई नजरबन्द राखियो । ल्यु साओचीको भने पहिला नै मृत्यु भएको थियो । उनकी श्रीमती भने जेलमा नै थिइन् ।
देङका जेठा छोरा पुफागं र छोरी डेंग नालाई सांस्कृतिक क्रान्तिका रेडगार्डहरूले आँखामा पट्टी बाँधेर कब्जामा लिएको वर्णन गरेकी छन् । पुफाँगलाई मानसिक र शारीरिक यातनासमेत दिइएको थियो । त्यही यातनाको कारण उनको कम्मरमुनिको भाग जीवनभर चलेन । उनको उपचार पनि धेरै समयसम्म राम्रोसँग गरिएन । कारण थियो– ‘पुँजीवादी र सुधारवादी’को सन्तान हुन् । यी प्रसंगले ‘सांस्कृतिक क्रान्ति’ भित्रका कमजोरीहरू उजागर गर्छन् । सायद यिनै कारणले अहिले चिनियाँहरू सांस्कृतिक क्रान्तिलाई ऐतिहासिक कालरात्री भन्ने गर्छन् ।
सांस्कृतिक क्रान्तिका चार मुख्य नेता ‘ग्याङ अफ फोर’का वाङ होङ्वेन, च्याङ छिङ, चाङ चुन सियाओ र हुवा क्वाफेङलाई बैठकमा बोलाएर गिरफ्तार गरियो । उनीहरूको गिरफ्तारीसँगै सांस्कृतिक क्रान्तिको अन्त्य भयो । ७२ वर्षको उमेरमा पुनः देङस्याओ पिङ सत्तामा आएका हुन् ।


