कोभिड–१९ ले घोडे जात्रालाई असर पार्ने

कोभिड–१९ ले घोडे जात्रालाई असर पार्ने तरुण खबर २९ चैत्र २०७७, आईतवार १३:१३
कोभिड–१९ ले घोडे जात्रालाई असर पार्ने

यस्तो छ घोडे जात्राको परम्परा
काठमाडौं । आज काठमाण्डौं, ललितपुर र भक्तपुरमा घोडेजात्रा मनाईदै छ । कुनै समय नेपोलियन बोनापाटदेखि कुब्लाई खाँसम्म अनि जङ्गबहादुर राणादेखि मोहन शमशेरसम्मका प्रतिमा, मुर्ती या तस्वीरहरुमा घोडाको उपस्थितीलाई सानका साथ हेर्ने गरिन्थ्यो । काठमाण्डौंको अत्यन्त मौलिक जात्राका रुपमा घोडे जात्रा यूगौं यूतान्तरदेखि काठमाण्डौको टुँडिखेलमा अविछिन्न र निरन्तर रुपमा प्रदर्शन गरिँदै आएको छ । त्यसैले उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइँदैछ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ ।

घोडेजात्रा एउटा अत्यन्तै पुरानो अनि सामाजिक जात्राकारुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यस दिन काठमाडौको टुँडिखेलमा हज्जारौं सर्वसाधारणकाबिच नेपाली सेनाले घोडेजात्रा विशेष परेडको अभ्यासहरु प्रर्दशन गर्ने गर्दथ्यो । घोडे जात्राको दिन विहानै नेपाली सेनाले जुद्ध सडकस्थित रेवन्त पीठमा बोकाको बलि दिएर जात्रा शुरु भएको जनाउ दिने गर्दछन् । यसरी जनाउ दिएपछी क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारीका विभिन्न कलाकौशलहरूको प्रदर्शनी शुरु हुन्छ । यसरी यस दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेनाले महिनांै अगाडिदेखि गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरुले प्रतिस्पर्धात्मक रुपमा घोडा दौडाउने हुँदा यस दिन टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्दथ्यो ।

तर यो वर्ष कोरोना भाइरसको महामारीका कारण सरकारले २५ जनाभन्दा बढी भेलामा प्रतिबन्ध लगाएको छ ।
उपत्यकावासीले पुस्तौँ पुस्तादेखि मनाउँदै आएको कथा यसरी शुरु हुन्छ– परापूर्वकालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नकालागि अनेक उपायहरु खोज्न थाले ।

त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती रहेको छ । अहिले पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिएको छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर शहरमा उधुम मच्चाउनसक्ने बुढापाकाहरुको भनाई छ । अर्कोतर्फ प्रत्येक बर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ बर्षको थालनी हुने मान्यता रहेको छ । त्यहि आधारमा अघिल्लो दिन चैत्र कृष्ण औंसीमा अश्वयात्रा गरेर अर्थात घोडा हिंडाएर नयाँ बर्षलाई स्वागत गर्ने प्रचलन रहेको छ ।

परापूर्वकालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव वस्तीमा गएर विभिन्न प्रकारले दुःख दिने र बालबालिकाहरु खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्नकालागि अनेक उपायहरु खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रुपमा घोडेजात्रा मनाउने परम्पराको शुरुवात भएको किंवदन्ती रहेको छ ।

आजको दिन भद्रकाली, लुमडि, कंकेश्वरी र भैरवहरुको प्रतिमालाई उठाएर असन चोकमा ल्याईन्छ । वर्षमा आजको दिनमात्र यस्तो दिन हो जब यि सबै भैरव प्रतिमाहरुले एकअर्कालाई भेट्दछन् । यसअर्थमा हामीले आजको दिनलाई दैवीय मिलनका रुपमा ब्याख्या गरेका हौं एक स्थानियले भने । घोडेजात्राका अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक बर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडादौडाउने गर्दछ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्नेएक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने गरिन्छ ।

पाटनको वालकुमारी क्षेत्रमा आजको दिन स्थानिय घोडालाई मदीरा खुवाएर चढ्ने चलन छ । यसरी मदीराको नशामा रहेका घोडा हिँडेको अनि कुदेको हेरेर रमाईलो मान्ने चलन पनि रहेको छ । भक्तपूरको पचपन्न झ्याले दरबार परिसरमा सिंगारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडेजात्रा हेर्न राष्ट्र प्रमुख सम्माननिय राष्ट्रपति सहित उच्च पदस्थ व्यक्तित्वहरु, कुटनीतिक नियोगका प्रतिनिधिहरुलाई टुँडिखेलमा डाक्ने गरिन्छ । घोडेजात्राका अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।

टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारीबालीको बीऊ रोप्ने चलन पनि कायमै छ । हाल घोडेजात्रालाई काठमाडौँमा मात्रै सिमित नराखेर राष्ट्रिय महत्व बोकेको जात्राका रुपमा मनाउने गरिएको छ । काठमाण्डौ बाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडेजात्रा मनाउने गरिन्छ ।