राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग

राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग तरुण खबर ३० चैत्र २०७७, सोमबार १६:४८
राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट (बत्ती) सहयोग स्वरुप प्रदान गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाईट सुन्धरा, नागस्थानलागयतका स्थानमा एक कार्यक्रमबीच सञ्चालनमा हो । नयाँ जडान गरिएको ट्राफिक लाईट काठमाडौं महानगरपालिका वडा न.२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्तरूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई गरेका हुन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको र आगामस् दिनमा पनि यस्ता ससहयोग गर्दै जाने जारी विज्ञप्तिमा जनाएका छन् । प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रबिधिमार्फत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम भई दुर्घटना न्युनिकरणमा समेत सघाउ पुग्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।