अमेरिकामा पछिल्लो २४ घण्टामा ४ लाख ७६ हजार ४०५ भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु

अमेरिकामा पछिल्लो २४ घण्टामा ४ लाख ७६ हजार ४०५ भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु तरुण खबर २७ माघ २०७७, मंगलवार ११:२१
अमेरिकामा पछिल्लो २४ घण्टामा ४ लाख ७६ हजार ४०५ भन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (८,फेब्रुअरी) मा १७ लाख ४ हजार ७३३ जनाको नमुना परीक्षण गर्दा ८७ हजार ३१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ७ फेब्रुअरीमा १४ लाख ८ हजार ६७५ जनाको नमुना परीक्षण गर्दा ९१ हजार २५६ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए ।  पछिल्लो २४ घण्टामा १ हजार ४८९ जना कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७ फेब्रुअरीमा १ हजार ३ सय १५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो ।

वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार माघ २७ गते मंगलबार बिहान ७.३० बजेसम्ममा २ करोड ७७ लाख ६२९ जना कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । कुल संक्रमितमध्ये मंगलबार बिहान ७.३० बजेसम्ममा १ करोड ७५ लाख १२ हजार ५८४ जनालाई मात्र कोरोनाको संक्रमण निको भएको छ । नेपाली समय अनुसार माघ २७ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा सक्रिय संक्रमितको संख्या नै ९७ लाख ११ हजार ६४० जना छन् ।

यता, नेपाली समय अनुसार माघ २७ गते मंगलबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले  ३२ करोड ५५ लाख ८ हजार ८११ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ६३ लाख ३ हजार ३४६ जनाको मात्र कोरोनाको नमुना परीक्षण गर्न बाँकी छ । अमेरिकामा कोरोनाको संक्रमणबाट माघ २७ गते मंगलबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ४ लाख ७६ हजार ४०५ जनाको  मृत्यु भैसकेको छ ।

माघ २७ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० करोड ६९ लाख ९६ हजार ६१८ छ । संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ३५ हजार ६२३ जना छन् । अहिले नयाँ प्रकारको कोभिड–१९ विश्वव्यापी महामारी बनेर फैलिएको छ ।