तरुण खबर
३० चैत्र २०७७, सोमबार १७:१४
काठमाडौं । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले चैतका ३ सातामा ६४ अर्ब ३७ करोड निक्षेप र ८९ अर्ब २९ करोड रुपैयाँले कर्जा थप गरेका छन् । फागुन मसान्तसम्म ३८ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ रहेको बैंकहरुको निक्षेप चैत २० गतेसम्म आइपुग्दा ३८ खर्ब ९० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, फागुन मसान्तमा ३४ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ कर्जा संकलन गरेका बैंकहरुले चैत २० गते आइपुग्दा ३५ खर्ब ७९ करोड रुपैयाँ पुर्याएका छन् ।
समग्रमा बैंकहरुको कुल निक्षेप संकलन कर्जा विस्तार बढे पनि सो अवधिमा ६ बैंकको निक्षेप र १ बैंकको कर्जा घटेको छ । जसमा निक्षेपतर्फ सबैभन्दा बढी एनआइसी एशिया बैंकको घटेको छ भने कर्जातर्फ एभरेष्ट बैंकको घटेको छ । निक्षेप र कर्जा थप गर्नेमा सिटिजन्स बैंक रहेको छ । त्यसैगरी, दोस्रोमा निक्षेपतर्फ नबिल बैंक र कर्जामा कुमारी बैंक देखिएका छन् ।
सिटिजन्स बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ९ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १७ अर्ब ८९ करोड र कर्जा १७ अर्ब ४६ करोड रुपैयाँले थप भएको छ । सिटिजन्सले चैत १४ गते तिनाउ मिशन डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोबार गरेको थियो ।
नबिल बैंकः बैंकले फागुुन मसान्तमा २ खर्ब २ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८६ अर्ब ८२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १३ अर्ब ३१ करोड र कर्जा ३ अर्ब ५९ करोड रुपैयाँले थप भएको छ ।
कुमारी बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब २६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब ६७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ६ अर्ब ९७ करोड र कर्जा ६ अर्ब २७ करोड रुपैयाँले थप भएको छ ।
एनसीसी बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ८६ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ६ अर्ब ६२ करोड थप हुँदा २ अर्ब ८३ करोड रुपैयाँले घटेकोे छ ।
हिमालयन बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ३७ अर्ब ७१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २१ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ५ अर्ब ८४ करोड र कर्जा ३ अर्ब १४ करोड रुपैयाँले थप भएको छ ।
ग्लोबल आइएमई बैंकः बैंकले फागुुन मसान्तमा २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २७ अर्ब ३८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप ३ अर्ब ६० करोड र कर्जा ४ अर्ब १३ करोड रुपैयाँले थप भएको छ ।
एनएमबी बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ५२ अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४६ अर्ब ५४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप २ अर्ब २१ करोड र कर्जा ३ अर्ब ३३ करोड रुपैयाँले थप भएको छ ।
नेपाल इन्भेष्मेण्ट बैंकः बैंकले फागुुन मसान्तमा १ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५९ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जुन चैतको तेस्रो सातासम्म आइपुग्दा निक्षेप १ अर्ब ७८ करोड र कर्जा ३ अर्ब १४ करोड रुपैयाँले थप भएको छ ।


