तरुण खबर
७ भाद्र २०७९, मंगलवार ११:१५
कास्की- पोखरास्थित विन्ध्यवासिनी मन्दिर परिसरमा राखिएको नगदसहितको दानपेटिका चोरी गर्ने जिम्मि दोर्जेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय हेमजा भोटेक्याम्प निवासी ३० वर्षीय दोर्जेले यही भदौं ३ गते मन्दिर क्षेत्रबाट दानपेटिका चोरी गरेका थिए। उनीमाथि कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।


