तरुण खबर
२७ माघ २०७७, मंगलवार १४:४७
काठमाडौं । अमेरिकामा पछिल्लो २४ घण्टा (७ फेब्रुअरी) मा१४ लाख ८ हजार ६७५ जनाको नमुना परीक्षण गर्दा ८९ हजार ६९१ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । ६ फेब्रअरीमा १७ लाख ५५ हजार ८६४ जनाको नमुना परीक्षण गर्दा १ लाख ८ हजार ५४ जना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ४० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । ६ फेब्रुअरीमा २ हजार ७९५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको थियो ।
वर्डमिटर्सका अनुसार अमेरिकामा नेपाली समय अनुसार माघ २६ गते सोमबार बिहान ७.३० बजेसम्ममा २ करोड ७६ लाख ११ हजार ४०३ जना कोरोना भाइरसका संक्रमित पुगिसकेका छन् । कुल संक्रमितमध्ये सोमबार बिहान ७.३० बजेसम्ममा १ करोड ७३ लाख ५४ हजार ३८८ जनालाई मात्र कोरोनाको संक्रमण निको भएको छ । नेपाली समय अनुसार माघ २६ गते विहान ७.३० बजेसम्ममा अमेरिकामा सक्रिय संक्रमितको संख्या नै ९७ लाख ८२ हजार ८२ जना छन् ।
यता, नेपाली समय अनुसार माघ २६ गते आइतबार बिहान ७.३० बजेसम्ममा अमेरिकाले ३२ करोड ३८ लाख ४ हजार ७८ जनाको कोरोना भाइरसको नमुना परीक्षण गरिसकेको छ । अमेरिकाको कुल जनसंख्या ३३ करोड १८ लाख १२ हजार १५७ जनामध्ये करीब ८० लाख ८ हजार ७९ जनाको मात्र कोरोनाको नमुना परीक्षण गर्न बाँकी छ । अमेरिकामा कोरोनाको संक्रमणबाट माघ २६ गते सोमबार बिहान ७.३० बजेसम्ममा (नेपाली समय अनुसार) कुल संक्रमितमध्ये ४ लाख ७४ हजार ९३३ जनाको मृत्यु भैसकेको छ ।
माघ २५ गते बिहान ७.३० बजेसम्ममा विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या १० करोड ६६ लाख ७७ हजार ३७२ छ । संक्रमितमध्ये संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख २६ हजार ८१९ जना छन् । अहिले कोभिड–१९ विश्वव्यापी महामारी बनेर फैलिएको छ ।


