राजनीतिमा देखिएको बिकृत स्वरुप, चियाङ् चिङको नियती

राजनीतिमा देखिएको बिकृत स्वरुप, चियाङ् चिङको नियती तरुण खबर ७ बैशाख २०७८, मंगलवार ११:१६
राजनीतिमा देखिएको बिकृत स्वरुप, चियाङ् चिङको नियती

परशु घिमिरे
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फ्लोर क्रस गर्ने चार जना सांसदमध्ये तीन जनालाई केही दिनअघि मन्त्री उपहार दिएका थिए । पद जोगाइदिने नेकपा एमालेका तीन जना प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । उनले नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई मन्त्री बनाएका थिए । एमालेका प्रदेशसभा सदस्यहरू बुढा, थापा र शाहीका साथै प्रकाश ज्वालाले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीलाई मत दिएका थिए ।

संसदीय राजनीतिमा विक्रिति फैलाउने व्यक्तिहरुलाई पुरस्कृत गरिनु संसदीय व्यवस्थामाथिकै चुनौती भएको कुनैबेला बाम राजनीति गरेका एक स्वतन्त्र नेताले भनेका थिए । ३९ सदस्यीय प्रदेशसभामा माआवादी केन्द्रका १२ प्रदेशसभा सदस्य थिए । नेपाली कांग्रेसका ६ प्रदेशसभा सदस्यको समर्थन पाएका शाहीसँग बहुमत पुगेको थिएन । तर एमालेका चार प्रदेशसभा सदस्यले पार्टी हृवीप उल्लंघन गर्दै शाहीलाई मत दिएर शाहीको पद र सरकार जोगाएका थिए । फ्लोर  क्रस गर्ने तीन जनालाई कारबाही गरे पनि खासै परिणाम आउन सकेन । अर्थहिन बन्यो प्रदेश कमिटीले उनीहरुलाई गरेको कारवाही । हिजो फेरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वास प्रश्तावमा हस्ताक्षर गर्नेमध्येकै तीन जनालाई उनले मन्त्री उपहार दिएका छन् ।

नेपालको राजनीति फोहोरमा चुर्लुम्म डुबेको छ । हुन त नेपाली काँग्रेससँग सत्ता साझेदारी गर्दागर्दै पुष्पकमल दाहाल प्रचण्ड प्रतिपक्षी दल एमालेसँग चुनावी मोर्चा बनाउन पुगेका थिए । प्रचण्ड मुलुकको राजनीतिको विक्रित अनुहार हो । अहिलेका मुख्यमन्त्री शाहीले संसदीय व्यवस्थामा कालोपोतेको घटनाको दुई दिनपछि बैशाख ६ गते लुम्बिनी प्रदेशको प्रदेश सभाका मुख्यमन्त्री शंकर पोखरेलले उस्तै घटना दोहो-याएका छन् ।  मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही घण्टामै मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गरेका छन् । पोखरेलले मन्त्री मण्डलमा थप गरेका जनता समाजवादी पार्टीका सन्तोष पाण्डे, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरेका थिए ।

कुनै बेला नेकपा एमाले विभाजित भई नेकपा माले बनेको थियो । त्यस पार्टीका नेता थिए– बामदेव गौतम । उनलाई एमालेले खुलामञ्चबाट घोषणा गरेको थियो– एक नम्बरको भ्रष्टाचारी बामदेव गौतम हो । उनै गौतम एमाले भित्रिए, कसैले हिम्मत गरेन उनी त एमालेले सार्वजनिक मञ्चबाट घोषण गरेका एक नम्बर भ्रष्टाचारी हुन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले उनीहरूलाई सपथ ग्रहण गराएका हुन् । राज्यमन्त्री रायमाझीले प्रदेश प्रमुखको उपस्थितिमा मुख्यमन्त्रीबाट सपथ ग्रहण लिएकी थिइन् । सोमबार माओवादी केन्द्रका कुलप्रसाद केसी र सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए । हिजो दिउँसो कांग्रेस, माओवादी केन्द्र र जसपाका ४१ सांसदको हस्ताक्षरसहित प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । केही दिनअघि प्रसिद्ध पत्रकार, राजनीतिक विश्लेषक युवराज गौतमले सामाजिक सञ्जलमा नेपाली राजनीतिमा देखिएको कुरुपको राम्रो चित्रण गर्नु भएको थियो । उहाँले लेख्नु भएको थियो– मार्कोपोलो शीप “भनिने अर्गली भेडा १२ देखि १५ हजार फिटमाथिका हिमाली भेगमा पाइन्छ ।

उमेर छिप्पिदै जाँदा सिंग बटारिँदै लामो हुन्छ र जमिनमा ठोक्किन थाल्छ । घाँस खान निहुँरिदा मुखले जमिन छुन सक्दैन, वरिष्ठ र गरिष्ठ सिंंगले अवरोध गर्दा जमिनसँग नाता–सम्बन्ध टुट्छ । अन्त्यमा, भेडा भोकै मर्छ । उहाँले अगाडी लेख्नु भएको छ– राजनीति गर्नेहरुका लागि जमिन र घाँस जनता हुन् ।  जब जनतासँग सत्ता, अभिमान र उच्चतावोधले नाता टुट्छ, त्यसबेला हरेक दलका नेताले मार्कोपोलो शीपको नियति भोग्नुपर्छ । योभन्दा सटिक टिप्पणी के हुन सक्ला ? नेपाली राजनीति युवराज गौतमको विश्लेषणझै तिब्र गतिमा मच्ची रहेको छ । एकको गन्तव्य अर्कोलाई स्पष्ट छ– आफूले सके उसलाई समाप्त पार्ने हो ।

अन्ततः मार्कोपोलो शीप हुने पालो सबै राजनीतिक पार्टीको हो । फेरी कम्युनिष्ट पार्टीहरुका बारेमा चर्चा गरौं, नेपालका कम्युनिष्ट पार्टीका नेताहरुलाई कुहिएको अण्डासँग तुलना गर्ने गरिन्छ । नेताको चाकडी गर्दा पनि सीमा नाघेर चाकडी गर्ने गर्छन् भने गालीगलोजमा पनि सीमा नाघ्ने गर्छन् । कुनै बेला नेकपा एमाले विभाजित भई नेकपा माले बनेको थियो । त्यस पार्टीका नेता थिए– बामदेव गौतम । उनलाई एमालेले खुलामञ्चबाट घोषणा गरेको थियो– एक नम्बरको भ्रष्टाचारी बामदेव गौतम हो । उनै गौतम एमाले भित्रिए, कसैले हिम्मत गरेन उनी त एमालेले सार्वजनिक मञ्चबाट घोषण गरेका एक नम्बर भ्रष्टाचारी हुन् ।

यो एउटा उदाहरण मात्र हो । अर्को उदाहरण चीनको लिन सकिन्छ । माओको चौथो श्रीमती चियाङ चिङ थिइन् । चिनियाँहरू ‘म्याडम माओ’ को उपनामले चिन्नेगर्थे, जो चीनको विवादास्पद ‘सांस्कृतिक क्रान्ति’ (१९६६–७६) ताका चिनियाँ ‘जनवादी राज्यसत्ता’ की सर्वाधिक निर्णायक र शक्तिशाली महिला थिइन् ।   सांस्कृतिक क्रान्तिको समयमा ग्याङ् अफ फोर अर्थात ‘चण्डाल चौकडी’ नेतृत्व चियाङ् चिङले गरेका थिइन् भने अन्य सदश्यमा चाङ् चुन छ्यावो, यावो वेन युआन र वाङ् होङ् वेन थिए । उनीहरूले माओको आडमा चियाङ् चिङ्लाई महारानी बनाएर १० वर्षको दौरानमा गर्ने–नगर्ने सबै काम गरेका थिए ।

युवाहरूको प्रतिरोधी दस्ता गठन र कमाण्ड गरी कम्युनिस्ट पार्टीका (राष्ट्रपति) ल्यु शाओ चि, देङ् सियाओ फिङ्, धेरै दिग्गज नेताहरूलाई प्रतिशोधको भावनाले राजनीतिक जीवन नै तहसनहस गर्ने कारवाही चलाएकी थिइन् । चाउ एन लाईका एक भाइलाई पक्राउ गर्ने आदेशमा माओलाई सही धस्काउन बाध्य बनाइन् । चाउका एक–एक धर्मपुत्र र धर्मपुत्रीलाई त रेडगार्डले मारेका थिए ।

सांस्कृतिक क्रान्तिको समयमा ग्याङ् अफ फोर अर्थात ‘चण्डाल चौकडी’ नेतृत्व चियाङ् चिङले गरेका थिइन् भने अन्य सदश्यमा चाङ् चुन छ्यावो, यावो वेन युआन र वाङ् होङ् वेन थिए । अन्ततः चियाङ् चिङले अत्महत्याको बाटो रोजिन ।

माओको निधन (१९७६) पछि उत्तराधिकारी भएर सत्तामा आएका थिए– ह्वा गुओफेङ्को । चिनियाँ कम्युनिष्ट पार्टीको बैठकस्थलबाटै एक साँझ ग्याङ अफ फोरका चारैजनालाई गिरफ्तार गरियो । १९८० मा ग्याङ् अफ फोर बिरुद्धको सुनवाई शुरू भयो । सुरूमा चियाङ् चिङलाई ‘विशेष अदालत’ ले मृत्युदण्डको फैसला गरेको थियो । चियाङ् चिङ्लाई लागेको दोषमा उनको आदेशबाट ७ लाख २७ हजार ४२० जनामाथि यातनाजन्य कारवाही गरेको, ३४ हजार २४७ जनालाई मारेको, राष्ट्रपति ल्यु शाओ चि की बिधवालाई १२ वर्षसम्म जेलमा हालेको आदि थिए । चियाङ चिङ्ले आफ्ना ‘अपराध’ वापत अनुहारमा कुनै पश्चातापबोध देखाइनन् ।

१९८३ मा मृत्युदण्डलाई आजीवन काराबास सँजायमा बदलियो । कैदी जीवनका बेला उनले धेरै पटक माओको पार्थिव शरीर दर्शन गर्ने इच्छाका लागि अनुनयविनय गरिन्, तर अनुमति दिइएन चियाङ चिङलाई । ७७ वर्षको उमेरमा सांस्कृतिक क्रान्तिको पच्चिसौं वर्षगाँठ आउनुभन्दा दुई दिनअघि १९९१ मई १४ का दिन अस्पतालको बाथरुममा आफ्नो सलको पासो लगाएर उनले आत्महत्या गरिन् । अन्ततः नेपालका कम्युनिहरुको हविगत पनि यही हो । कुनै बेला नेपालका कम्युनिष्ट पार्टीहरु डेढ दर्जनको संख्यामा विभाजित थिए ।

टुट्नु–फुटनु कम्युनिष्ट पार्टीहरुको नियमित कर्म हो । केही वर्षअघिसम्म मोहन विक्रम सिंह, निर्मल लामा, विष्णुबहादुर मानन्धर, कृष्णराज बर्मा, तुलसीलाल अमात्यदेखि केशरमणी पोखरेल, केशरजंग रायमाझी, सीपी मैनाली, मदन भण्डारी, सहाना प्रधान, नारायणमान विजुक्छे, पुष्पकमल दाहाल प्रचण्ड र मनमोहन अधिकारीसम्मका अलग अलग पार्टी थिए । हरेकले पार्टी महासचिवका लागि पार्टी विभाजित गर्ने गरेका थिए । एक अर्कासँग मिल्नै नसक्ने अबस्था थियो, पार्टी विभाजनका लागि सैद्धान्तिक जालो बुनिन्थ्यो । कम्युनिष्टहरुले आपूmलाई अन्तर्राष्ट्रवादी भन्ने गरेका छन् । हुन पनि स्वदेशी नेतालाई होइन, जर्मनमा जन्मिएका माक्र्स, रुसमा जन्मिएका लेनिन, स्टालिन र चीनमा जन्मिएका माओ नेपालका कम्युनिष्टहरुका नेता हुन् ।