नेपालमा बुधबारसम्ममा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना

नेपालमा बुधबारसम्ममा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना तरुण खबर १५ बैशाख २०७८, बुधबार १०:५०
नेपालमा बुधबारसम्ममा सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना

नेपालमा एक दिन ४ हजार ५४४ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ५४४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ । १४ हजार ६७२ जनाको पीसीआर र १ हजार ९ जनाको एन्टिजन परीक्षण गर्दा पुष्टि भएको हो । नेपालमा कोभिड–१९ सँग सम्बन्धित कारणले थप १८ जनाको मृत्यु भएको मन्त्रालयले मङ्गलवार जनाएको छ । विगत २४ घण्टामा ५५५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयको तथ्याङ्क छ । मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये काठमाण्डूका १,६०२ जना, ललितपुरका २४० जना र भक्तपुरका १२४ जना गरी उपत्यकामा कुल १,९६६ जना छन् ।

बिहीबारदेखि काठमाडौं उपत्यकामा सुरु हुन लागेको निषेधाज्ञामा डिपार्टमेन्ट स्टोरको ग्रोसरी बिहान र साँझ मात्र खोल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार नयाँ सूचना जारी गरी बिहान १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म मात्र खोल्न पाइने उल्लेख गरेको छ । विवाह, व्रतबन्धका लागि १५ जनासम्म सहभागी हुने गरी ब्यानर टाँसेर दुईवटासम्म सवारी प्रयोग गर्न अनुमति दिएको छ । तर, पार्टी प्यालेस प्रयोग गर्न भने जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने भएको छ । संक्रमितमध्ये १६० जना भारतबाट नेपाल प्रवेश गर्ने क्रममा नाकामा गरिएको परीक्षणमा भेटिएका हुन् ।

मङ्गलवार पुष्टि भएका सङ्क्रमितमध्ये १०२ जना नौ वर्षसम्मका, २८२ जना १० देखि १९ वर्षका र २ हजार २४१ जना २० देखि ३९ वर्षका रहेको मन्त्रालयको तथ्याङ्कले देखाउँछ । नेपालमा अहिले कुल २६,२२५ जनाको सक्रिय सङ्क्रमण रहेको छ । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १० वटा रहेका छन् । जसमध्ये मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रूपन्देही । थप नौ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन् । सक्रिय सङ्क्रमितमध्ये २,८७३ जना अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये ३१५ जना सघन उपचार कक्षमा र ८४ जना भेन्टिलेटरमा उपचाररत छन्।