विप्लव समूहले चितवनमा चुनाव बिथोल्न खोजेपछि प्रहरीद्वारा हवाई फायर

विप्लव समूहले चितवनमा चुनाव बिथोल्न खोजेपछि प्रहरीद्वारा हवाई फायर तरुण खबर ४ मंसिर २०७९, आईतवार ०९:५७
विप्लव समूहले चितवनमा चुनाव बिथोल्न खोजेपछि प्रहरीद्वारा हवाई फायर

काठमाडौँ । विप्लव नेतृत्वको नेकपा माओवादीले चितवनमा निर्वाचन बिथोल्ने प्रयास गरेको छ । चितवन क्षेत्र नम्बर–१ राप्ती–८ स्थित ब्रम्हस्थानी आधारभूत विद्यालयको मतदान केन्द्रमा उक्त पार्टीका कार्यकर्ताले निर्वाचन बिथोल्ने प्रयास गरेका हुन्।

१५–२० जनाको समूहमा रहेको समूहले निर्वाचन बिथोल्न खोजेपछि एक राउण्ड हवाई फायर गरिएको चितवन प्रहरीले जनाएको छ । हवाई फायरपछि उनीहरू भागेको र खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।