रामेछापमा कांग्रेसका पूर्ण बहादुर तामाङ निर्वाचित

रामेछापमा कांग्रेसका पूर्ण बहादुर तामाङ निर्वाचित तरुण खबर ११ मंसिर २०७९, आईतवार ०९:२९
रामेछापमा कांग्रेसका पूर्ण बहादुर तामाङ निर्वाचित

रामेछाप । एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ १६ हजार बढी मतान्तरबाट निर्वाचित हुनुभएको छ । आज सम्पन्न मतगणना परिणामअनुसार तामाङलेले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका कैलाश ढुंगेललाई १६ हजार ३६० मतले उछिन्दै विजयी हुनुभएको हो ।

रामेछाप निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित तामाङले ४७ हजार ९८ र ढुंगेलले ३० हजार सात सय २९ मत प्राप्त गर्नुभएको छ ।