श्रीमान-श्रीमतीबीच जोडी हाजिरिजवाफ प्रतियोगिता

श्रीमान-श्रीमतीबीच जोडी हाजिरिजवाफ प्रतियोगिता तरुण खबर १७ मंसिर २०७९, शनिबार १२:४५
श्रीमान-श्रीमतीबीच जोडी हाजिरिजवाफ प्रतियोगिता

लमजुङ । राइनास नगरपालिकामा श्रीमान-श्रीमतीको जोडी हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा राइनास नगरपालिका३ डम्बर कुमारी र राजमान तामाङको जोडी प्रथम भएको छ ।

नौ जोडीको सहभागिता रहेको प्रतियोगितामा उदयराज र भवानी पोख्रेलको जोडी द्वीतिय, वीरबहादुर र शर्मिला नेपालीको जोडी तृतीय तथा यादवराज र भगवती पाण्डेको जोडी सान्त्वना भएका छन् ।

राइनास नगरपालिका महिला, बालवालिका तथा जेष्ठ नागरिक शाखाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।