एमाले विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता

एमाले विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता तरुण खबर २५ बैशाख २०७८, शनिबार ०९:५०
एमाले विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता

काठमाडौं । नेपाली कांग्रेसले शनिबारका लागि संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बैशाख २७ गते सोमबारमा संसद्को विशेष अधिवेशन बोलाएकाले काँग्रेसले संसदीय दलको बैठक आह्वान गरेको हो । कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।

यता, पूmटको संघारमा पुगेको एमालेको एकता जोगाउँन राष्ट्रपति विद्यादेवी भण्डारी आपैंm सक्रिय भएकी छन् । बिहीबार दुई पटक उनले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग अलग–अलग समयमा भेटवार्ता गरेकी छिन् । प्रधानमन्त्री ओलीले अपराह्न र बेलुकीसहित दुईपटक तथा नेपालले साँझ राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका थिए । पछिल्लो राजनीतिक परिस्थितिबारे ओलीले जानकारी गराएपछि राष्ट्रपति भण्डारीले वरिष्ठ नेता नेपाललाई बोलाएर साँझ भेटवार्ता गरेकी थिइन् ।

वरिष्ठ नेता नेपाल समूहले ६ जेठमा तोकिएको राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उम्मेदवारी दिने निर्णय लिएपछि एमालेभित्रको विवाद झन् जटिल बनेको थियो । २७ वैशाखमा प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने निर्णय गरे पनि एमालेको नेपाल समूहले पक्षमा मतदान गर्नेबारे निर्णय लिएको छैन । यसअघि प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले बुधबार मात्रै देउवासहित कांग्रेस नेतासँग उनकै निवासमा पुगेर भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओलीले सहकार्य गर्ने र चाँडो चुनाव गर्ने गरी गरेको प्रस्ताव सभापति देउवाले अस्वीकार गरेका थिए । कांग्रेस, माओवादी केन्द्र र जसपासँगै एमालेको खनाल–नेपाल समूहको विपक्षी गठबन्धन बनेको छ ।

राष्ट्रिय सभाको उपनिर्वाचनका लागि सहकार्य गरेका कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबारै राष्ट्रियसभा उपनिर्वाचन, नयाँ सत्ता समिकरणबारे छलफल भएको थियो । दलबलसहित प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष ओलीले भेटेको अर्को दिन एमालेकै वरिष्ठ नेता नेपाल देउवालाई भेट्न बिहीबार साँझ उनकै निवास बुढानीलकण्ठ पुगेका थिए । आपूmसँग छलफल गरे लगत्तै पार्टी एकता जोगाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका नेपालप्रति नेपाली काँग्रेसका नेताहरुले शंका गरेका छन् । सभापति देउवा र नेता नेपालबीच करीब एक घन्टा लामो छलफल भएको थियो ।