गायक शर्माको ‘सहरमा एउटा हल्ला’

गायक शर्माको ‘सहरमा एउटा हल्ला’ तरुण खबर २ पुष २०७९, शनिबार ११:२१
गायक शर्माको ‘सहरमा एउटा हल्ला’

काठमाडौं । गायक ज्वाला राज शर्माको स्वरमा सजिएको ‘सहरमा एउटा हल्ला’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा शब्द डा. राजु बाबु श्रेष्ठको रहेको छ भने संगीत अनिश श्रेष्ठको रहेको छ। प्रेमिल शैलीको शैलीको यस गीतलाई गुरुङ कुमारले संगीत संयोजन गरेका हुन्।

म्युजिक भिडियोमा नायक पुष्प खड्का र समरिका ढकाल बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। हाल अमेरिकामा बस्दै आएका गायक शर्माले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।